ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढ्दै 

२०७७ असोज, ८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

भदौ ८, चितवन । विगत केही वर्षदेखि पुरुषको नाममा भन्दा महिलाको नाममा जग्गा पास गर्ने संख्या बढ्दै गएको छ । 

सरकारले लागू गरेको नयाँ भूमिसुधार ऐनमा उल्लेख भएअनुसार महिलालाई जग्गा पासमा लाग्ने राजस्वमा छूट दिएको कारण महिलाको नाममा जग्गा पास गर्नेको संख्यामा वृद्धि हुँदै गएको हो । मालपोत कार्यालयमा जग्गा पास गर्दा महिलालाई २५  प्रतिशत र एकल महिलाको हकमा ३५ प्रतिशत छूट हुँदै आएको छ । 

जिल्लाका एउटा मालपोत कार्यालय बाहेक सबैमा महिलाको नाममा पास गर्नेको संख्या बढ्दै गएको छ । जिल्लामा भरतपुर, माडी, चनौली र खैरहनी गरी चार ओटा मालपोत कार्यालय छन् । 

भरतपुर मालपोत कार्यालयमा मात्रै २०७६/७७ मा १० हजार १४४ जनाले जग्गा पास गरेका छन् । जसमा ५ हजार ४५५ जना महिला रहेका छन् भने ४ हजार ६८९ जना पुरुष रहेका छन् । चालू आर्थिक वर्ष ०७७/०७८ को साउन महीनामा मात्रै ७५६ जनाले जग्गापास गरेकोमा ३९० जना महिला र ३६६ जना पुरुष छन् । 

यस्तै माडी मालपोत कार्यालयमा २०७६/७७ मा १ हजार ७६ जनाले जग्गा पास गरेका छन् जसमा महिलाको संख्या ६०६ र पुरुषको संख्या ४७० रहेको छ । माडीमा गएको साउन र भदौ महीना गरी १३७ जनाले जग्गा नाममा गरेका छन् । जसमा ८९ जना महिला र ४८ जनापुरुष रहेका छन् । 

यसैगरी चनौली मालपोत कार्यालयमा २०७६/७७ मा ४ हजार ४७ जनाले जग्गा पास गरेका छन् । जसमा २ हजार ५६४ जना महिलाले जग्गा पास गरेका छन् भने १ हजार ४८३ जना पुरुषले जग्गा आफ्नो नाममा पास गरेका छन् । 

चनौली मालपोतका अधिकृत मुकुन्द पौडेलका अनुसार गएका दुई महीनामा मात्र ४५३ जनाले जग्गा पास गरेका हुन् । जसमा २६७ जना महिला र १८६ जना पुरुष रहेका छन् । 

तर खैरहनीमा रहेको मालपोतमा भने पुरुषको नाममा जग्गा पास गर्ने बढी रहेका छन् । कार्यालयका अनुसार २०७६/७७ मा ४ हजार ८१० जनाले जग्गा पास गरेकोमा १ हजार २०४ महिला र ३ हजार ६०६ जना पुरुषले जग्गा आफ्नो नाममापास गरेका छन । कार्यालयका प्रमुख अनिरुद्र लुईटेलले दुई महीनामा ६४७ जनाले जग्गा पास गरेका थिए । जसमध्ये  १५६ महिला र ४९१ पुरुष रहेका छन् ।  

भरतपुर मालपोत कार्यालयमा जग्गा खरीदको लागि आएकी स्थानीय  रेनुका पाण्डले श्रीमानले कमाएको रकम भएपनि आफ्नो नाममा जग्गा पास गरेको बताइन् ।‘ आखिर श्रीमान, श्रीमती जसको नाममा भएपनि एउटै हो । छूट पाएको उपयोग किन नगर्ने ? उनले भनिन्, एकअर्काप्रति विश्वास हुनुपर्‍यो ।’ 

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बनेको जग्गा मूल्यांकन समितिले हरेक वर्ष जिल्लाका जग्गाको रकम मूल्यांकन गर्ने गर्दछ । जग्गा पास गर्दा नगरपालिका क्षेत्रका जग्गाको हकमा मूल्यांकनको पाँच प्रतिशत राजस्व र गाउँपालिका हकमा ४ प्रतिशत राजस्व शुल्क मालपोत कार्यालयले लिने गर्दछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)