ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सडक निर्माण तथा स्तरोन्नतिमा ८ करोड

२०७७ असोज, १२  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नवराज शिवाकोटी

दोलखा । दोलखाका विभिन्न सडक निर्माण तथा स्तरोन्नतिका लागि चालू आर्थिक वर्षमा केन्द्र सरकाबाट ८ करोड रुपैयाँ विनियोजन भएको छ । डिभिजन सडक कार्यालय चरीकोटअन्तर्गत निर्माण हुने सडकका लागि उक्त रकम विनियोजन गरिएको हो ।

चालू आर्थिक वर्षमा डिभिजन सडक कार्यालय अन्तर्गत १६ ओटा सडकको निर्माण तथा स्तरोन्नतिका लागि ८ करोड रकम विनियोजन भइआएको डिभिजन सडक कार्यालय चरीकोटका प्रमुख विजयकुमार महतोले जानकारी दिए । जिल्लाका १६ ओटा सडकका लागि ५०–५० लाख रुपैयाँ विनियोजन भएको डिभिजन प्रमुख महतोले बताए ।

यस वर्ष स्तरोन्नति गरिने सडकहरूमा चरीकोट–दोलखा–कालिञ्चोक, सुनखानी–साङ्बा, लिसे–झाँक्रे–लेखर्क–डाँडागाउँ–खोल्मे, मालु–डाँडागाउँ–छौंडे, नाम्दु–जँगु–झ्याँकु–भोर्ले र भिर्कोट–छौडे–देउराली  रहेका छन् । यस्तै पुष्पलाल मार्ग चनौटे बाँझे–झुले–जिरी, किराँतिछाप–दूधपोखरी–२१ किलो, दोलखा–लामाबगर, खावा–रामबोले–जिरी, अनाथालय–तिखातल–दोलखा बजार र जिरी–सल्लेरी–नाम्चे–ढिंग्री सडक छन् । यसैगरी बजेट विनियोजन भएका अन्य सडकहरूमा  तामाकोशी–लामाबगर चीन बोर्डर, जामुने–कसेरी–खारे–छेसाखारे–मार्बु गौरीशंकर चक्रपथ, ठूलोपाताल–लहरेमाने–भित्रे–लहरेमाने–उपल्लो सुरी तथा खावा–लहरेमाने–चिप्चिपे–खोल्मे सडकको स्तरोन्नति तथा नयाँ ट्र्याक खोल्ने काम गरिने डिभिजन प्रमुख महतोले जानकारी दिए ।

चालू आर्थिक वर्षमा ठेक्कामार्फत काम हुने कुल १६ सडकमध्ये ६ ओटा नयाँ हुन् भने बाँँकीमा पुरानै कामलाई निन्तरता दिइने कार्यालयले बताएको छ । बजेट विनियोजन भएका सडकका लागि विनियोजित रकमबाट कटिङ, फिलिङ, ग्याबिन भर्ने, कल्भर्ट निर्माण, सोलिङ, पर्खाल निर्माण लगायत काम गरिने डिभिजन सडक कार्यालय दोलखाले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)