ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मालपोेतमा जग्गा पास गर्ने पुरुषभन्दा महिला बढी

२०७७ असोज, १३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनस्थित जिल्ला मालपोत कार्यालयमा पुरुषभन्दा महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढ्दै गएको छ ।

सरकारले लागू गरेको नयाँ भूमिसुधार ऐनमा उल्लेख भएअनुसार महिलालाई जग्गा पासमा लाग्ने राजस्वमा छुट दिएको कारण महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढ्न थालेको हो ।

मालपोत कार्यालयमा जग्गा पास गर्दा महिलालाई २५  प्रतिशत र एकल महिलाको हकमा ३५ प्रतिशत छुट दिइँदै आएको छ । जिल्लाको एक मालपोत कार्यालयबाहेक सबैमा महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढ्दै गएको छ ।

जिल्लामा भरतपुर, माडी, चनौली र खैरहनी गरी चार वटा मालपोत कार्यालय छन् ।

भरतपुर मालपोत कार्यालयमा मात्रै ०७६÷७७ मा १० हजार १ सय ४४ जनाले जग्गा पास गरेका छन् । तीमध्ये ५ हजार ४ सय ५५ जना महिला छन् भने ४ हजार ६ सय ८९ जना पुरुष रहेका छन् ।

चालू आव ०७७/७८ को साउन महिनामा मात्रै ७ सय ५६ जनाले जग्गा पास गरेकामा ३ सय ९० महिला र ३ सय ६६ पुरुष छन् ।

यस्तै, माडी मालपोत कार्यालयमा ०७६/७७ मा १ हजार ७६ जनाले जग्गा पास गरेका छन्, जसमा पुरुषको संख्या ६ सय ६ र महिलाको संख्या ४ सय ७० रहेको छ ।
माडीमा गत साउन र भदौ गरी १ सय ३७ जनाले जग्गा पास गरेका छन्, जसमा ८९ महिला र ४८ पुरुष रहेका छन् ।

यसैगरी चनौली मालपोत कार्यालयमा ०७६÷७७ मा ४ हजार ४७ जनाले जग्गा पास गरेका छन्, जसमा २ हजार ५ सय ६४ महिला छन् भने १ हजार ४ सय ८३  पुरुष
रहेका छन् ।

चनौली मालपोतका अधिकृत मुकुन्द पौडेल गत दुई महिनामा मात्र ४ सय ५३ जनाले जग्गा पास गरेको बताउँछन् । यीमध्ये २ सय ६७ महिला र १ सय ८६ जना
पुरुष छन् ।

तर खैरहनीस्थित मालपोतमा भने पुरुषको नाममा जग्गा पास गर्ने बढी छन् । कार्यालयका अनुसार ०७६/७७ मा ४ हजार ८ सय १० जनाले जग्गा पास गरेकामा १ हजार २ सय ४ महिला र ३ हजार ६ सय ६ पुरुषले आफ्नो नाममा जग्गा पास गरेका छन् ।

कार्यालयका प्रमुख अनिरुद्र लुइँटेल भन्छन्, ‘२ महिनामा ६ सय ४७ जनाले जग्गा पास गरेका थिए । तीमध्ये  १ सय ५६ महिला र ४ सय ९१ पुरुष रहेका छन् ।’  

भरतपुर मालपोत कार्यालयमा जग्गा पास गर्न आएकी स्थानीय रेनुका पाण्डे श्रीमानले कमाएको सम्पत्ति भए पनि आफ्नो नाममा पास गरेको बताउँछिन् ।

‘श्रीमान–श्रीमती जसको नाममा जग्गा भए पनि एउटै हो’, उनले भनिन्, एकअर्काप्रति विश्वास हुनुपर्‍यो ।’

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बनेको जग्गा मूल्यांकन समितिले हरेक वर्ष जिल्लाका जग्गाको रकम मुल्यांकन गर्ने प्रावधान छ । जग्गा पास गर्दा नगरपालिका क्षेत्रका जग्गाको हकमा मूल्यांकनको पाँच प्रतिशत राजस्व र गाउँपालिकामा ४ प्रतिशत राजस्व शुल्क मालपोत कार्यालयले लिने गर्छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)