झमझम झरी । खुलामञ्चमा रुझ्दै मानिसहरू टपरीमा भात मुछेर खाइरहेका । यस्तो दृश्य देख्दा सरकारलाई पक्कै ग्लानि हुँदो हो । डाह, छटपटीे, निराशा भएकाले झुन्डिएरै मरौं जस्तो लाग्दो हो । यस्तो देख्दा आफैले सार्वजनिक कार्यक्रममा ‘कोही भोकले मर्नु पर्दैन’ भनेर छाती पिटेका प्रधानमन्त्री त झन् कति आहत–मर्माहत हुन्छन् होला । बिचरा प्रधानमन्त्री दिनको १८–२० घण्टा यिनकै लागि खटिरहेका छन् ।
आफै अब प्रधानमन्त्री ओली मन्त्रालय टुक्य्राएर धेरैलाई मन्त्री बनाए देश र जनताका समस्या समाधान हुन्छन् भन्ने निष्कर्षमा पुगेका छन् रे । किनकि अहिले केन्द्रमा जम्मा २२ मन्त्रालय र ती मातहत ५७ ओटा मात्र विभाग छन् ।
दशैंको मुखमा रोगले भन्दा भोकले मरिएला भन्ने डरले गर्दा भारत फर्कने लाखौं नेपालीको ताँती छ । ८० लाख विद्यार्थीले पढ्न पाएका छैनन्, त्यसै समय खेर फालिरहेका छन् । त्यसैले त सरकार एकदमै गम्भीर बनेको देखिन्छ । यस्तो गम्भीर र तल्लीन भएर त विश्वका कुनै पनि सरकार लागेका छैनन् होला ।
तर जनताका समस्या हल गर्न लाग्नुभन्दा पहिले सरकार र पार्टीका कुरा मिलाउनु परेर पो केही ढिलो भएको त ! हो, त्यसैमा त अहिले सरकार र पार्टी लागिरहेको छ । नेपालमा पार्टी भनेको सरकार हो र सरकार भनेको पनि पार्टी नै त हो नि । त्यसैले अहिले महीनौंदेखि नेकपाका डबल अध्यक्षहरू छलफलमा व्यस्त छन्, कसरी धेरैभन्दा धेरैलाई मन्त्री बनाउने भन्ने प्रयास जारी छ ।
उनीहरू दिनहुँ तीन–तीन घण्टा सँगै बस्छन्, सँगै खान्छन् र घनीभूत छलफल गर्छन् । कुराकानी हुन्छ । कुरा मिल्दैन । भोलिपल्ट फेरि तिनै पुरानै कुराबाट छलफल आरम्भ हुन्छ र, त्यहीँ पुगेर कुराकानी टुंगिन्छ । अनि यस्तै गम्भीर कुराकानीमै प्रशस्त प्रयास भइरहेका छन् । यसरी गम्भीर भएर पार्टी र सरकारको बैठक विश्वमा कतै बसेको सुन्नुभएको छ ?
मन्त्रिपरिषद् पुनर्गठनको मोडालिटीमै दुईजना अध्यक्षबीच कुरा नमिलेकोले बाँकी कुरा मिलेको रैनछ । दुईजना अध्यक्षबीच कुरा मिल्नेबित्तिकै सबै मिल्ने रैछ । नमिल्दा देशमा सबै कुरा डामाडोल हुँदो रैछ । सरकारको मर्का नबुझी काम मात्र गरेन भनेर जनता यसै किचकिच गर्छन् भन्या !
अब प्रधानमन्त्री ओली मन्त्रालय टुक्य्राएर धेरैलाई मन्त्री बनाए देश र जनताका समस्या समाधान हुन्छन् भन्ने निष्कर्षमा पुगेका छन् रे । किनकि अहिले केन्द्रमा जम्मा २२ मन्त्रालय र ती मातहत ५७ ओटा मात्र विभाग छन् । प्रदेशका काम समेत केन्द्रबाटै हेर्नु परिरहेको छ । अनि मितव्ययी बन्ने भन्दैमा यति थोरै मन्त्रालय र विभागले तीन करोड जनताका सेवा कसरी गर्न भ्याउँछन् र ? त्यसैले दलभित्रको भागबण्डा मिलाउन पनि मन्त्रालय नटुक्य्राई नहुने भा छ रे ।
अर्को कुरा कतिपय मन्त्रालयको नामै लामो क्या । छोट्याउन परेन त ? किनभने मन्त्रालयको पूरा नाम भन्न जनतालाई कम आपत् छ ? त्यसैले नटुक्य्राई नहुने छ रे । जस्तै, अब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई टुक्य्राएर भौतिक पूर्वाधार एउटा, यातायात, रेल र पानीजहाज मन्त्रालय अर्कै बनाउने रे । अब एउटा शब्द मात्र जान्दा भइगो जस्तै, रेल मन्त्रालय । भारतमा रेल मन्त्रालय भएपछि नेपालमा पनि एउटा त्यस्तै चाहिएन ?
प्रधानमन्त्री भएपछिको साढे दुईवर्षे कालमा ओलीले ११ पटक मन्त्रिमण्डल विस्तार तथा हेरफेर गरिसकेका छन्, अर्थात् मन्त्रिमण्डल अस्थायी भयो । यद्यपि ओली सरकार भने अझै स्थायी नै छ है ।
अनि जनताका हितकै निम्ति भनेर १२औं पटक मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा ओली पेटी कसेर लागेका छन् । अब भने सरकारलाई सफल बनाउनका लागि नयाँ मन्त्रीका नयाँ गुण, योग्यता र दक्षताहरू पनि तय भएको कुरा बाहिर आएका छन् । यिनै गुणले सम्पन्न मानिसहरू पार्टीभित्र खोज्ने क्रम तीव्र भएका कुराहरू विशेष स्रोतबाट थाहा भएको छ ।
मन्त्री छनोटका आधार यस्ता छन् रे :
मन्त्री हुन अरू के कस्ता योग्यता चाहिन्छन्, थप्नु हुन सम्बन्धित सबैलाई अनुरोध छ है !