ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तामाकोशी–बाह्रबीसे प्रसारण लाइन निर्माण शुरू

२०७७ असोज, १९  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । तामाकोशी–काठमाडौं प्रसारण लाइन आयोजना अन्तर्गत तामाकोशी–बाह्रबीसे ४०० केभी प्रसारण लाइनको निर्माण शुरू भएको छ । भारतीय ठेकेदार कम्पनी केईसी इन्टरनेशनल लिमिटेडले उक्त प्रसारण लाइनको निर्माण शुरू गरेको हो ।

कम्पनीले प्रसारण लाइनको १२ नं टावरको मेलुङ गाउँपालिका–१ पवटीको तामाकोशी किनार नजिक शुक्रवारदेखि निर्माण शुरू गरेको छ । तामाकोशी–काठमाडौं ४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत पहिलो प्याकेजको करीब ४४ किलोमिटर लामो रामेछापको फुलासीदेखि बाह्रबीसेसम्म्मको डिजाइन, उपकरण आपूर्ति, जडान र सञ्चालनको ठेक्का केईसी इन्टरनेशनलले रू. १ करोड ७३ लाख अर्थात् १७ हजार अमेरिकी डलरमा लिएको  आयोजना प्रमुख रमण शर्माले जानकारी दिए ।

तामाकोशी–काठमाडौंै ४०० केभी विद्युत् प्रसारण लाइन आयोजना र ठेकेदार कम्पनी केईसीले संयुक्त सर्भे डिजाइनपछि जग निर्माणको काम थालनी गरेको केईसीसँग सहकार्य गरिरहेको स्थानीय निर्माण व्यवसायी कार्की एन्ड सन प्रालिका सञ्चालक विदुर कार्कीले जनाकारी दिए । दशैंअघि नै १२ नम्बर टावरको फाउन्डेशनको काम सकिने सञ्चालक कार्कीको भनाइ छ । निजी जग्गा प्राप्तिमा कानूनी प्रक्रिया पूरा गर्न केही समय लाग्ने भएकाले अहिले सार्वजनिक जग्गाहरूबाट टावर निर्माणको काम शुरू गरिएको आयोजनाका इन्जिनीयर गजेन्द्र यादवले बताए । पहाडी क्षेत्रमा भौगोलिक अवस्था अनुसार ४० देखि ६० मिटरसम्म अग्ला टावरको निर्माण हुने इन्जिनीयर यादवको भनाइ छ ।

पहिलो प्याकेज अन्तर्गत रामेछापको फुलासीदेखि बाह्रबीसेसम्म ११४ ओटा टावर बन्नेछन्, जसमध्ये रामेछापमा २ ओटा, दोलखामा ८५ ओटा र सिन्धुपाल्चोकमा २७ ओटा पर्दछन् । पहिलो प्याकेज अन्तर्गत दोलखामा १८ ओटा र सिन्धुपाल्चोकमा १३ ओटा टावर वन क्षेत्रभित्र पर्ने आयोजनाले बताएको छ ।

कम्पनीले टावरको डिजाइन सम्पन्न गरी स्टप्स र कन्डक्टरको ढुवानी समेत शुरू गरिसकेको छ । सन् २०१९ मे २० मा प्राधिकरणसँग भएको सम्झौता अनुसार  प्रसारण लाइन निर्माणको काम १२ अक्टोबर २०२१ सम्ममा पूरा गर्नुपर्छ । केईसीका प्रतिनिधि अमित पुनियाले अब सबैतिर टावर निर्माणले गति लिने र कुनै अवरोध नआएमा समयमा काम पूरा हुने बताए । आयोजना नेपाल सरकार र एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण हुन लागेको हो ।

दोस्रो प्याकेज अन्तर्गत बाह्रबीसे–काठमाडौं (लप्सीफेदी) खण्डको ठेक्का भने लार्सन एण्ड टर्बो (एलएण्टी)ले पाएको छ । यो खण्डमा १२३ टावर भए तापनि मन्डनदेउपुर र नगरकोट क्षेत्रमा स्थानीयको रूट सार्नुपर्ने मागका कारण ५० ओटाको मात्र जग हाल्ने काम पूरा भएको छ । यो ठेक्काको म्याद पूरा भएकाले १ वर्ष म्याद थप भई ३० मार्च २०२१ सम्म समय तोकिएको छ । यसको लागत सवा २ अर्ब रुपैयाँ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)