ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३५ लाखको लगानीमा कालिजपालन

२०७७ असोज, २५  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नवराज शिवाकोटी

दोलखा । भीमेश्वर नगरपालिका वडा–४ का युवा सरोज केसीले करिब ३५ लाखको लागतमा कालिजपालन सुरु गरेका छन् । कालिजको मासुप्रति मानिसको आकर्षण बढ्दै जान थालेपछि उनले कालिजपालनको व्यावसायिक उत्पादन सुरु गरेका हुन् ।

प्रदेश सरकारको १० लाख अनुदान तथा बाँकी आफ्नै लगानीमा भीमेश्वर नगरपालिका वडा–४ जिलुनागीमा ६ रोपनी क्षेत्रफलमा कालिजपालन ब्यावसाय सुरु गरेको केसीले बताए । ६ रोपनी जग्गामध्ये ३ रोपनी जग्गा भने उनले भाडामा लिएका हुन् ।

८ वर्ष प्लाई उद्योगमा काम गरेका केसी जागिर खाएर आर्थिक प्रगति नहुने ठानी विदेश जाने तयारी गरिरहेकामा कोरोना महामारीका कारण भएको बन्दाबन्दीले विदेश जानबाट रोकिए । तत्काल विदेश जाने सम्भावना नभएपछि प्रदेश सरकारले कालिजपालनका लागि अनुदान दिने कुरा सुनेपछि यो व्यवसायमा प्रेरित भएको उनले बताए । ‘रिङनेक जातको कालिजका ३ सय ५० चल्ला पोखराबाट खरिद गरेर व्यवसाय सुरु गरेको हुँ’, केसीले भने ।

कालिजपालन नेपालमा सुरु भएको धेरै समय नभएकाले प्रतिगोटा १ हजार ४ सय ५० रुपैयाँमा चल्ला खरिद गरेको उनले जानकारी दिए । हालसम्म भेटेनरी अस्पताल चरीकोट तथा स्थानीय तहका प्राविधिकबाट आवश्यक सल्लाह लिँदै आएको उनले बताए । ६ महिना पुगेपछि कालिज खानयोग्य बन्ने उनको भनाइ छ । वयस्क भाले कालिज ३ हजार ५ सयदेखि ४ हजारसम्ममा बिक्री हुने उनी बताउँछन् ।

कालिजका चल्ला महँगो पर्ने भएकाले भविष्यमा चल्ला कोरल्ने मेसिन फर्ममै ल्याउने योजना रहेको जिरी एग्रो फरेस्ट कम्पनीका प्रोप्राइटरसमेत रहेका केसीले जानकारी दिए । भीमेश्वर नगरपालिकाको महाँकाल बृन्दावन पार्क जाने बाटैमा रहेको फर्ममा कालिज हेर्न आउनेको संख्या बढ्दै गएकाले कालिज रेस्टुराँसमेत खोल्ने योजना रहेको केसी सुनाउँछन् ।

कालिज फर्म पूर्ण रुपमा सञ्चालन नहुन्जेलका लागि केसीले करिब पाँच सय लोकल कुखुरासमेत पालेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)