ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दोलखामा करदाता सेवा कार्यालय सञ्चालन

२०७७ कार्तिक, ३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । दोलखामा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । जिल्ला सदरमुकाम चरीकोटको सातडोबाटेमा शुक्रवारदेखि कार्यालय सञ्चालनमा ल्याइएको हो ।

प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले करदाता सेवा कार्यालयलाई नै पान नम्बर प्रदान गरी सेवा प्रारम्भ गरेका थिए । सेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै शिवाकोटीले करदातालाई रहरले कर तिर्ने वातावरण सृजना गर्न कार्यालयका कर्मचारीलाई आग्रह गरे ।

आन्तरिक राजस्व कार्यालय धुलिखेलका प्रमुख डमरुप्रसाद पराजुलीले करदाता सेवा कार्यालय चरीकोटमा स्थापना भएसँगै कर तिर्न टाढा पुग्नुपर्ने बाध्यता हटेको बताए । यो सुविधाले करको दायरामा आउनेहरू बढ्ने अपेक्षा समेत उनले गरे । साथै करदातालाई करका बारेमा जानकारी लिन पनि सहिलो हुने उनको भनाइ छ । कार्यक्रममा दोलखा

उद्योग वाणिज्य संघका महासचिव हेमराज रिमालले व्यवसायीलाई सहज–सरल रूपमा कर तिर्ने वातावरण बनाउन उद्योग वाणिज्य संघले सहयोग गर्ने बताए । यस्तै करदाता सेवा कार्यालय दोलखाका प्रमुख रामकुमार श्रेष्ठले स्थायी लेखा नम्बर दर्ता, व्यावसायिक स्थायी लेखा नम्बर दर्ता, व्यवसाय दर्ता, खारेजी, करचुक्ता प्रमाणपत्र, कर विवरण बुझ्ने, आय विवरण बुझ्ने, अन्तःशुल्क दर्ता/नवीकरण/अन्तःशुल्क विवरण बुझाउने, कर राजस्व संकलन गर्ने, बजार अनुगमन लगायत सेवा कार्यालयबाट उपलब्ध हुने जानकारी दिए ।

दोलखामा हाल विभिन्न प्रकारका १० हजार ३०९ करदाता छन् । करदाता सेवा कार्यालयको स्थापनासँगै करदाताको संख्या तथा राजस्व संंकलनमा वृद्धि हुने करदाता सेवा कार्यालय दोलखाको अपेक्षा छ । जिल्लामा करदाता सेवा कार्यालयको स्थापनासँगै कर बुझाउन धुलिखेल पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)