ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माछा किसानको गुनासो : मूल्य छ, विक्री भने छैन 

२०७७ कार्तिक, १३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

कात्तिक १३, चितवन । लकडाउन र निशेधाज्ञाको असर सबै क्षेत्रमा परिरहेको बेला यसको गम्भिर असर माछा किसानमा पनि परेको छ । जसका कारण यसबर्ष माछाको उत्पादन बढी भएपनि विक्री भने ५० प्रतिशत घटेको छ ।

कुखुराको मासुको मूल्यको तुलनामा माछाको मूल्य नघटेपनि विक्री भने नबढेको माछा किसानहरु बताउंँछन । ‘यसवर्ष माछाको मुल्य त वृद्धि भएको छ, विक्री भने आधा घटेको छ’, रत्ननगर नगरपालिकाका किसान भरत महतो भन्छन् । हाल माछा उत्पादक संघले प्रतिकेजी रू.२० को दरले बढेर रू.३२० कायम भएको छ ।

‘लकडाउनदेखि माछाको उत्पादन र वजन बढेको छ  तर खरीद गर्ने मान्छेनै आउंँदैनन्’, महतोले भने । उनका अनुसार मूल्य सही भएपनि किसान बीच अस्वस्थ प्रतिस्पर्धा हुंँदा तोकिएको मुल्यभन्दा कम मुल्यमा विक्री गर्ने बाध्यता भएकोले मर्का परेको उनको भनाइ छ । 

चितवनमा माछाको विक्री लकडाउन अघि राम्रै भएपनि लकडाउनपछि भने बिस्तारै कम हुँदै गएको छ । चाडपर्व लागेपनि माछाको विक्रीमा उल्लेखनीय सुधार छैन ।  होटल, पार्टी प्यालेसलगायत अन्य गतिविधि नभएका कारण माछाको उत्पादन र मुल्य राम्रै भएपनि विक्री भने कम भएको हो ।

‘हाम्रो धेरै जसो खपत होटल, पार्टी प्यालेसमा बढी हुने हो, त्यहीं गतिविधि नभएपछि विक्री त कम हुनेनै भयो’, माडी नगरपालिकाका किसान कमल प्रसाद भुजेलले भने । माछाको मूल्इ राम्रै भएपनि अधिकांश ठाउंँमा माछाको कारोबार उधारोमा हुंँदा आफूहरु दोहोरो मारमा परेको भुजेल बताउंँछन् । ‘माछाको मुल्य पनि छ, उत्पादन पनि छ, विक्री पनि ठिकै थियो’, उनले भने, ‘उधारोको कारण मारमा छौं’, भुजेलले भने । 

नेपाल मत्स्य व्यसायी संघले माछाको मुल्य वृद्धि हरेक २ / २ वर्षमा संघले निर्धारण गर्दछ । यसपटक माछाको मुल्य वृद्धि गर्दा दाना वितरकले समेत मुल्य वृद्धि गरेको किसानको गुनासो छ । माछाको लागि समयानुकुल र उत्पादनमा वृद्धि भएपनि माछा पोखरीमा त्यसै राख्नुपर्दा चालु खर्चसमेत बढ्ने गर्दछ । संघका अनुसार यस वर्ष माछा उत्पादन र किसानको संख्या पनि बढेको छ । तर विक्री बढेको छैन । काठमाडौ, पोखरा लगायतका ठूला शहरमा समेत माछाको माग कम छ ।

‘तरकारीको मूल्य बढ्नु र कुखुराको मासुको मूल्य घट्दा माछा किसानलाई राहत हुन्छ तर, अहिले मान्छेको चहलपहनै छैन’, संघका जिल्ला  अध्यक्ष खगेन्द्र सुबेदीले भने । अघिल्ला वर्षहरुमा दैनिक पाँच क्विन्टल माछा बेच्ने किसानले अहिले एक क्विन्टल माछा विक्री हुन मुश्किल परेको उनले बताए । 

देशभरीको उत्पादन मध्ये बारा, रुपन्देहीपछि चितवनमा माछा उत्पादन बढी हुने गर्दछ । गत वर्षभन्दा यस वर्ष २० प्रतिशत माछा उत्पादनमा वृद्धि भएपनि  देशभर माछा खपतको तुलनामा हाल ८० प्रतिशत नेपाली माछाले ओगटेको केन्द्रीय संघको दाबी छ ।

‘अघिल्ला वर्ष ४० प्रतिशत भारतबाट आउने गर्दथ्यो अहिले २० प्रतिशत मात्र आएको छ’, संघका केन्द्रीय अध्यक्ष अम्बिका अधिकारीले भने । उनका अनुसार यसबर्ष माछाको माग र खपतनै कम भएकोले नेपाली माछाले ८० प्रतिशतसम्म हिस्सा ओगटेको हो  ।

‘उत्पादनको अनुपात र माछाको मूल्य त ठीक छ’, उनले भने, ‘तर उत्पादन भएर के गर्ने मान्छेको क्रयशक्तिनै कम छ । ’हाल चितवनमा १ हजार माछा किसान छन् भने देशभर ३५ हजार माछा किसान रहेको तथ्यांक छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)