ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माथिल्लो तामाकोशी आयोजना अवलोकनमा रोक

२०७७ कार्तिक, १७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणस्थलको अवलोकनमा रोक लगाइएको छ । कोरोना संक्रमण फैलन नदिन सतर्कतास्वरूप आयोजनाले निर्माणस्थल अवलोकनमा रोक लगाएको हो ।

देशैभर कोरोना संक्रमित बढ्दै गएको र दोलखामा समेत कोरोना संक्रमण बढेको अवस्थालाई दृष्टिगत गर्दै मङ्सिर ५ गतेसम्म आयाजना क्षेत्रको अवलोकनमा रोक लगाइएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । ‘आयोजनाको बाँधस्थल लामाबगर, पेनस्टक, सुरुङ, भूमिगत विद्युत्गृह, गोंगरस्थित कार्यालय लगायत क्षेत्रमा कोरोना संक्रमण फैलन नदिन सुरक्षात्मक उपाय स्वरूप अवलोकनमा रोक लगाएका हौं,’ उनले भने । कोरोना संक्रमणको स्तर हेरेर मङ्सिर ५ गतेपछि अवलोकनमा लगाइएको प्रतिबन्ध खोल्ने–नखोल्ने निर्णय गरिने उनले बताए ।

यस्तै, दशैं मान्न घर गएका आयोजनाका कर्मचारी÷मजदूरले कार्यस्थल फर्कनुअगावै तथा आयोजना स्थलमा आइपुगेपछि पनि पीसीआर परीक्षण गर्नुपर्ने व्यवस्था आयोजनाले गरेको छ । पीसीआर रिपोर्ट नेगेटिभ आएपछि मात्र उनीहरूलाई काममा संलग्न गराइने आयोजनाले बताएको छ ।

करीब अन्तिम चरणमा पुगेको ४५६ मेगावाटको उक्त आयोजनाको तेर्सो पेनस्टक जडानका लागि आवश्यक डिस्मेन्टेबल बक्स, एक्सपान्सन ज्वाइन जस्ता सामान कोलकाताबाट समयमा आउन नसक्दा आयोजनाको काममा ढिलाइ भइरहेको छ । परामर्शदाताका साथै विभिन्न सामान परीक्षण गर्ने विज्ञहरू भारत, चीन, यूरोपबाट आउन नसक्दा पनि काममा ढिलाइ भइरहेको प्रवक्ता न्यौपानेको भनाइ छ ।

विगतमा कोरोनाले आयोजना निर्माणमा असर नपरेको आयोजना व्यवस्थापनले बताउँदै आए तापनि असोज मसान्तसम्ममा एक युनिटबाट परीक्षणको रूपमा विद्युत् उत्पादन गर्र्ने लक्ष्य महामारीकै कारण असफल भएको थियो । आयोजना व्यवस्थापनले आयोजना सम्पन्न हुने अनुमानित मिति, आयोजना निर्माणमा हालसम्म भएको खर्च र सम्भाव्य लागतको विवरण समेत सार्वजनिक गरेको छैन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)