ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दोलखाको उत्तरी व्यापारिक केन्द्र सिँगटीमा कोसेली घर सञ्चालन

२०७७ कार्तिक, १७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । दोलखाको उत्तरी क्षेत्रमा रहेको मुख्य व्यापारिक केन्द्र सिँगटी बजारमा कोसेली घर सञ्चालनमा आएको छ । स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याइएको हो ।

रोल्वालिङ पदयात्रा मार्ग तथा अन्य भागहरूमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै कोसेली घर सञ्चालनमा ल्याइएको सञ्चालक समितिका अध्यक्ष टेकमान तामाङले बताए । बिगु, गौरीशंकर र कालिञ्चोक गाउँपालिकाका स्थानीय किसानले उत्पादन गरेका वस्तुको विक्री गरी किसानको आयस्तरमा टेवा पु¥याउने लक्ष्यसहित कोसेली घर सञ्चालन गरिएको उनको भनाइ छ । चौरीको घिउ, हस्तकलाका सामान, मह, स्थानीय जडीबुटीका साथै अन्य अग्र्यानिक खाद्य वस्तुहरू कोसेली घरमा उपलब्ध हुने सिँगटी नमूना कोसेली घर सञ्चालक समितिले बताएको छ । नमूना कोसेली घर सञ्चालनका लागि बिगु गाउँपालिकाले १० लाख र गौरीशंकर संरक्षण क्षेत्र आयाजनाले ३ लाख रुपैयाँ सहयोग गरेको सञ्चालक समितिका अध्यक्ष तामाङले जानकारी दिए ।

कालिञ्चोक, बिगु र गौरीशंकर गाउँपालिकाको संगमस्थल सिँगटी बजार जिल्लाको उत्तरी भेगको मुख्य बजार हो । कोसेली घरको स्थापनापछि स्थानीय उत्पादनको विक्री बढ्ने अपेक्षा स्थानीयवासीको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)