ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा तिहार नआउँदै सुक्न थाल्यो सयपत्री फूल

२०७७ कार्तिक, २१  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

कात्तिक २१, चितवन । गत वर्षभन्दा यो वर्ष तिहार आउन ढिला भएपछि चितवनमा रोपिएको सयपत्री फूल ओइलाउन र सुक्न थालेका छन् ।

विगतका बर्षहरुमा समयमै आफूले लगाएका फूल विक्री गरिरहेका किसान अहिले फूल सुक्न थाल्दा चिन्तित छन् । तिहार आउन अझै एक साताभन्दी बढी दिन बाँकी रहेको छ ।
केही व्यवसायिक किसानहरुले लट अनुसार सयपत्री उत्पादन गरेको भएपनि अधिकांश किसान र सर्वसाधारणले घरमा लगाएका  सयपत्री फूल बोटमै सुक्न थालेका हुन् । 

भरतपुर महानगरपालिका वडा नम्बर ७ का किसान ईश्वर कुमार श्रेष्ठ यो वर्ष तिहार ढिला भएकाले फूल बोटमा सुक्ने, कालो हुने गरेको बताउंँछन् । ‘यो वर्ष तिहार पनि ढिला भयो, दसैंमा पनि विक्री भएन’, उनले भने, ‘मैले दुई पटकमा चार कट्ठामा लगाएको फूल जोतें ।’

उनका अनुसार पहिले लगाईएका फूल पनि कोरोनाका कारण विक्री हुन नसक्दा खेर गएको र तिहारका लागि तयारी अवस्थामा रहेको फूल पनि अर्डर पनि भएको छैन, विक्री पनि भने भएको छैन । केही व्यवसायिक किसानहरुले फूलिसकेको फूलहरुलाई टिपेर हटाउने र तिहारको लागि नयाँ फूल तयार गरेपनि अधिकांश किसानको फूल तुषारो र तयार अगावै फूलेर खेर गएको छ । 

भरतपुर महानगरपालिका–२६ का किसान दिपक पाख्रिन दुई बिघामा लगाएको फूल यो वर्ष तुषारोका कारण ओइलाएको  बताउँछन् । । उनले भने,  ‘एकत अहिले तिहार ढिला आयो, अर्कोकुरा जाडोको समय पनि शुरु भएकोले फूलेका फूल सबै तुषारोले कालो बनाइदियो ।’

तिहारलाई लक्षित गरेर लट अनुसार फूल तयार पारेपनि तिहार अगावै सुक्दै गएको उनको भनाइ छ । सयपत्री फूललाई नत ‘सेड’ मा राखेर लगाउन सकिन्छ नत लामो समयसम्म स्टोरनै गर्न सकिन्छ । जसका कारण चितवनमा फूलको उत्पादन राम्रो भएपनि सदुपयोग नहुंँदा खेर जान  थालेको छ ।

चितवनका अधिकांश घरमा भएको सयपत्री फूल ओइलाउँदै सुक्न थाले पनि व्यवसायिक किसानले लगाएको फूल भने सुक्न भने नपाएको फ्लोरिकल्चर एशोसियशन चितवनका अध्यक्ष प्रकाश पन्तले बताए ।  ‘व्यवसायिक फूल किसानले समयअनुसारनै फूलखेती गरेका हुन्छन्’, उनले भने, ‘घरको  आँगन तथा बंगैचामा लगाएको सयपत्रीहरु भने सुकेको हुन सक्छ ।’ 

उनका अनुसार चितवनका बासिन्दाले ७० प्रतिशतभन्दा बढी आफ्नै घर, करेसाबारीमा लगाएको फूल तिहारमा प्रयोग गर्ने गरेका छन् । गत सालभन्दा चितवनमा यसपटक २० प्रतिशतले  फूलेको अर्डर र खपत घट्ने अध्यक्ष पन्तको  भनाइ छ । 

एशोसिएसनका अनुसार चितवनमा ३५ बिघाभन्दा बढी क्षेत्रफलमा व्यवसायिक फूल खेती हुँदै आएको छ । यहांँ  व्यवसायिक फूलखेती गर्नेको संख्या ४० को हाराहारीमा छ भने फूलको नर्सरी र गार्डेनिङ्ग गर्नेको संख्या  २० को हाराहारीमा छ । चितवनमा बुकी फूल, कटफ्लावर,गुलाफ र ग्याडोलसजस्ता मौसमी फूलको पनि व्यवसायिक खेती हुँदै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)