ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३ करोड लागतमा कालिज फार्मसहितको रिसोर्ट सञ्चालनमा आउँदै

२०७७ मंसिर, ३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका वडा– १, सुष्माक्षमावतीको कुथलीमा ३ करोडको लागतमा कालिज फार्मसहितको रिसोर्ट सञ्चालनमा आउने भएको छ । ग्रामीण महिला कृषि फार्मले कुथली रिसोर्ट सञ्चालनमा ल्याउने भएको हो ।

भौतिक पूर्वाधार निर्माण ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेकाले मंसिर अन्तिमसम्म सञ्चालमा आउने रिसोर्टका प्रबन्धक अमृतबहादुर बुढाथोकीले बताए । रिसोर्ट निर्माणमा करिब ३ करोडभन्दा बढी खर्च हुने प्रबन्धक बुढाथोकीले बताए ।

करिब १५ रोपनीमा फैलिएको रिसोर्टमा कालिज फार्मसमेत । रेन्बो ट्राउट माछापालनसमेत रिसोर्टभित्रै गरिनेछ ।  आप्mनै फार्ममा उत्पादित अर्गानिक तरकारी तथा खाद्यान्न रिसोर्ट आउने पाहुनालाई खुवाउने लक्ष्य रहेको कृषि फार्मले बताएको छ । यो रिसोर्ट दोलखाको पहिलो रहेको प्रबन्धक बुढाथोकीको दाबी छ ।

चरीकोट–सिंगटी सडकसँगै जोडिएको रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटक दुवैका लागि लक्षित गरी खोलिएको उनले बताए । रिसोर्ट सञ्चालनमा आएपछि कालिञ्चोक, भीमेश्वर मन्दिर, कुटी धार्मिक क्षेत्र, ऐतिहासिक चौघरा, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना घुमाउने गरी आन्तरिक पर्यटककन लागि सुपथ मूल्यमा टुर प्याकेजसमेत ल्याइने प्रबन्धक बुढाथोकीले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)