ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जिल्ला ट्राफिक कार्यालय चितवन : चार महीनामा ८० लाख राजस्व संकलन

२०७७ मंसिर, ८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चालू आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा जिल्ला ट्राफिक कार्यालय, चितवनले ८० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालू आवको साउनदेखि कात्तिक मसान्तसम्ममा ८० लाख १८ हजार रुपैयाँ राजस्व असुली गरेको छ । कार्यालयका अनुसार सबैभन्दा कम राजस्व संकलन भदौमा भएको छ भने सबैभन्दा बढी राजस्व कात्तिकमा असुली भएको छ । भदौमा ६ लाख ८४ हजार र कात्तिकमा ३४ लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयको तथ्यांक छ । यस्तै साउनमा ९ लाख २६ हजार र असोजमा २९ लाख ७७ हजार रुपैयाँ राजस्व उठेको कार्यालयले बताएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।

भदौमा लामो समयको निषेधाज्ञाका कारण सवारीसाधन कम चलेकाले राजस्व संकलनमा समेत कमी भएको उनले बताए । कात्तिकमा भने चाडबाडका कारण सवारीसाधन सञ्चालन  तथा ट्राफिक नियम उल्लंघनका घटना समेत बढेकाले राजस्व संकलनमा वृद्धि भएको उनको भनाइ छ ।

गत आवको पहिलो चार महीनाको तुलनामा चालू आवको सोही अवधिमा चितवनमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या भने घटेको छ । जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार गत आवको प्रथम चौमासमा १०९ ओटा दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६० थियो भने चालू आवको सोही अवधिमा ११९ सवारी दुर्घटनामा ३० जनाले ज्यान गुमाएका छन् । गतवर्षको तुलनामा यस वर्ष सवारी दुर्घटनाबाट घाइते हुनेको संख्या भने बढेको छ । गत आर्थिक वर्षको कात्तिकसम्ममा सवारी दुर्घटनामा परी ८६ जना गम्भीर र ११२ जना सामान्य घाइते भएका थिए । चालू आवको यसै अवधिमा भने ९२ जना गम्भीर र १९२ जना सामान्य घाइते भएको कार्यालयले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)