ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा ६ सय ५६ वटा नयाँ उद्योग दर्ता

२०७७ मंसिर, ९  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । घरेलु तथा साना उद्योग कार्यालय चितवनमा आव ०७७/७८ को प्रथम चौमासिकसम्म सबै प्रकृतिका गरी ६ सय ५६ वटा उद्योग दर्ता भएका छन । दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी कृषि तथा वनजन्य रहेका छन् ।

कार्यालयका अनुसार सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योगमा ४ सय ७८ वटा उद्योग दर्ता भएका छन् । यस्तै, उत्पादनमूलक उद्योग ६२, पर्यटनमूलक ६२, सेवामूलक उद्योग ५४ वटा दर्ता भएका छन् ।

यो अवधिमा ऊर्जामूलक उद्योग, खनिजजन्य उद्योग, निर्माणमूलक उद्योग र विज्ञान तथा सूचना प्रविधिसम्बन्धी उद्योग दर्ता भएका छैनन् ।

कार्यालयका प्रमुख नारायण लम्सालले कोरोना महामारीको असरले यो समय कृषि क्षेत्र नै विकल्प भएकाले स्वाभाविक रुपमा उद्योग दर्ता गराउनेको संख्या बढेको हुन सक्ने बताउँछन् । ‘अहिले अन्य कुनै विकल्पै छैन । भएका उद्योगधन्दासमेत चल्न सकेका छैनन् । अन्य क्षेत्रमा जोखिम मोल्ने कुरा पनि हुँदैन,’ उनले भने ।

लम्सालका अनुसार सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अनुदान, सहुलियत ब्याजदरमा ऋण प्रवाह गरेकाले पनि कृषि तथा वनजन्य उद्योग दर्ता गर्नेको संख्या बढेको हो । चितवन कृषिको समेत हब भएकाले यहाँ पशुपक्षीपालन, तरकारी तथा फलफूलजन्य उद्योग बढी दर्ता भएको उनले जानकारी दिए । कृषिजन्य उद्योग कम लगानीमै सञ्चालन गर्न सकिने र प्रतिफल पनि छिटो प्राप्त हुनाले यो शीर्षकमा उद्योग दर्ता गर्नेको संख्या बढ्दै गएको उनको बुझाइ छ ।

९५ लाख राजस्व संकलन
कार्यालय चालू आर्थिक बर्षको चौमासिक अवधिमा उद्योग दर्ता रकम दस्तुरबाट ९५ लाख २० हजार राजस्व संकलन गरेको छ । सबै शीर्षकमध्ये सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योगबाट मात्रै ५४ लाख ९ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)