ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शैलुङ गाउँपालिकाद्वारा ३७२ किलोमिटर सडक निर्माण

२०७७ मंसिर, ९  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । दोलखाको शैलुङ गाउँपालिकाले ३७२ दशमलव ३५ किलोमिटर कच्ची सडक निर्माण गरेको छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि हालसम्मको अवधिमा सो सडक निर्माण गरिएको हो ।

सडक निर्माण स्थानीयवासीको माग समेत भएकाले प्राथमिकताका साथ निर्माण गरिएको शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले बताए । गाउँपालिकाका स्थानीयको आयआर्जनको मुख्य स्रोतको रूपमा आलु लगायत कृषि उपजको बजारीकरण सहज बनाउन समेत सडक निर्माण गाउँपालिकाको प्राथमिकतामा परेको उनको भनाइ छ । गाउँपालिका विभिन्न स्थानबाट वार्षिक ५० करोड रुपैयाँभन्दा बढीको आलु निकासी हुने गरेको गाउँपालिकाको तथ्यांक छ ।

जनप्रतिनिधि निर्वाचित भएर आएपछि गाउँपालिकाको वडा नं १ मा ५७ दशमलव ३५ किलोमिटर, वडा नं २ मा ४२ दशमलव २६ किलोमिटर र वडा नं ३ मा २९ दशमलव ३६ किलोमिटर कच्ची सडक निर्माण गरिएको छ । यस्तै वडा नं ४ मा ३९ दशमलव ९३ किलोमिटर, ५ मा ३४ दशमलव ८७ किलोमिटर, ६ मा ३४ दशमलव २७ किलोमिटर, ७ मा ४२ दशमलव २६ र आठमा ५२ दशमलव ९५ किलोमिटर सडक निर्माण गरिएको शैलुङ गाउँपालिकाले बताएको छ ।

आठ वडा रहेको उक्त गाउँपालिकामा लामो तथा छोटो दूरीका कुल ११५ ओटा सडक निर्माण गरिएको छ । निर्मित सडक ५  मिटर चौडाइको १८९ दशमलव ९६ किलोमिटर र सात मिटर चौडाइको १८२ दशमलव ४० किलोमिटर  रहेको अध्यक्ष दुलालले जानकारी दिए ।

गाउँपालिकाले निर्माण गरेको कुल ३७२ दशमलव ३५ किलोमिटर सडकमध्ये ५२ दशमलव ३७ किलोमिटर स्तर वृद्धि गरिएको छ ।

स्थानीय उत्पादन प्रवद्र्धन गरी शैलुङका कृषि उपज निकासीका लागि तत्काल कच्ची सडक निर्माणमा जोड दिइएकोमा आगामी दिनमा निर्मित सडकको स्तरोन्नतिलाई गाउँपालिकाले प्राथमिकतामा राख्ने अध्यक्ष दुलालले बताए । ‘आगामी आर्थिक वर्षदेखि गाउँपालिकाले निर्माण गरेका सडकमध्ये प्राथमिकताको आधारमा बहुवर्षीय योजनाको रूपमा कालोपत्र गर्न शुरू गरिनेछ,’ उनले भने । कच्ची बाटो हुँदा वर्षायाममा यातायातका साधन सञ्चालन गर्न समस्या हुने भएकाले कालोपत्र गर्न नसकिएका सडकमा सोलिङ तथा नाला निर्माणको योजना रहेको गाउँपालिकाले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)