ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उद्योगी व्यवसायी भन्छन् : कर्जा बढ्यो, उत्पादन घट्यो 

२०७७ मंसिर, १०  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन १०, मङ्सिर । चितवनका व्यवसायीले पछिल्लो समयमा उद्योग व्यवसायको कर्जा बढ्दै गएको तर उत्पादन भने घटेको बताएका छन् । कोरोना महामारीका कारण उद्योग क्षेत्रमा ठूलो असर परेको भन्दै उनीहरूले उद्योग पूर्ण क्षमतामा चल्न नसक्नु र दक्ष जनशक्तिका कारण उत्पादनमा असर परेको बताएका हुन । लकडाउनको समयमा उद्योग बन्द भएका कारण कर्जाको लगानी र ब्याज समेत बढेको उनीहरूको भनाइ छ । 

छैटौं राष्ट्रिय उद्योग दिवसको अवसरमा मंगलवार चितवन उद्योगसंघ तथा भरतपुर महानगरपालिकाद्वारा भरतपुरमा आयोजित कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् । 
संघका अध्यक्ष राजु पौडेलले अघिल्ला वषहरूमा  देशको कुल गार्हस्थ्य उत्पादनमा उद्योगको २० प्रतिशतसम्म योगदान भए पनि कोरोनाको कारण हाल यो घटेर ५ प्रतिशतमा झरेको बताए । 
‘माग कम भएपछि  उत्पादन र  कारोबार घट्छ ।  चालू खर्च बढ्छ, जसका कारण योगदान पनि घट्छ,’ पौडेलले भने ।

लकडाउनका कारण हाल उद्योगहरू सञ्चालनमा सहज भए पनि उत्पादनको माग न्यून रहेको उनको भनाइ  छ । हाल बैंकहरूमा २ खर्ब तरलता र यसलाई सहुलियत दरमा ऋण प्रवाह गर्न सके ४० हजार ठूला उद्योग र साना–मझौला गरी २ लाख उद्योग खोल्न सकिने र ८ लाख जनालाई रोजगारी दिन सकिने उनले बताए । 

सो अवसरमा ‘उद्योगमा कोभिड १९ र औद्योगिक पुनरुत्थानका उपायहरू’ विषयमा प्रस्तुतीकरण दिँदै संघका उपाध्यक्ष युगराज वस्तीले कोभिडका कारण उद्योग व्यवसायमा अहिले देखिनेगरी नतिजा आउन लागेको बताए । लकडाउनको समयमा चितवनमा ११ दशमलव २० प्रतिशत उद्योग पूर्णरूपमा बन्द भएको, ३३ प्रतिशत उद्योगहरू २५ प्रतिशत देखि ५० प्रतिशत क्षमतामा चलेको र ५० प्रतिशत उद्योग ११ दशमलव १० प्रतिशत मात्र उद्योग चलेको बस्तीले जानकारी दिए ।

द्योग संघले गरेको सर्वेक्षण अनुसार सो अवधिमा ११ दशमलव १० उद्योगमा कामदार अभाव, ८८ दशमलव ९० प्रतिशत उत्पादन तथा वितरणमा समस्या, ४४ दशमलव ४० प्रतिशत कच्चा पदार्थको अभाव रहेको थियो । यस्तै २२ दशमलव २० प्रतिशत उद्योगले राज्यबाट सञ्चालन अनुमति पाएका थिएनन् । 

भरतपुर महानगरपालिकका उद्योग  प्रवद्र्धन शाखा प्रमुख अनुज घिमिरेले प्रस्तुतीकरण दिँदै भरतपुर महानगरपालिकामा मात्रै १५ हजार उद्योग व्यवसाय सञ्चालनमा रहेको र वडा नम्बर २० मा ५ बिघा क्षेत्रफलमा महानगरको औद्योगिक ग्राम बनाउने तयारी भएको जानकारी दिए । यस्तै संघीय सरकारको तर्फबाट वडा नम्बर २१ मा ९ बिघा जग्गामा उद्योग ग्राम स्थापनाको लागि डीपीआर सम्पन्न भएको उनले बताए । 
 प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले महानगरले यस वर्ष उद्योग प्रवद्र्धनका लागि ३ करोड बजेट छुट्याइएको बताए । उद्योग व्यवसायबाट महानगरले पाएको करको ३ प्रतिशत कर उद्योग व्यवसायीलाई नै फिर्ता गरिएको उनको भनाइ छ ।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले उद्योगमा लगानीमैत्री वातावरण हुनुपर्ने, उद्योगको विकास विना देशको विकास नहुने र उद्योगी व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिनुपर्ने बताएका थिए । सो अवसरमा उत्पादन मार्फत राज्यलाई आत्मनिर्भर बनाउन मद्दत गरेको भन्दै भरतपुर महानगरपालिका वडा नम्बर ४ को जस्मिन पेन्ट्स र महिला उद्यमीद्वारा सञ्चालित भरतपुर महानगरपालिका वडा नम्बर १२ को गौरव इञ्जिनियरिङ प्रालिलाई उत्कृष्ट उद्योगीको रूपमा सम्मान गरिएको थियो । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)