ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अक्सफोर्ड कलेजलाई अन्तरराष्ट्रिय बीज अवार्ड

२०७७ मंसिर, १२  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

मंसिर १२, चितवन । गैंडाकोट नगरपालिका–२ स्थित अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेण्टले अन्तरराष्ट्रिय बीज अवार्ड २०२० प्राप्त गरेको छ ।

कलेजले म्यानेजमेन्ट, गुणस्तर, नेतृत्व, संस्थागत सामाजिक उत्तरदायित्व लगायत क्षेत्रमा अन्य देशका कलेजलाई पछि पार्दै अमेरिकन संस्थाबाट उक्त अवार्ड प्राप्त गरेको हो । बिहीवार कलेजमा आयोजित एक कार्यक्रमका बीच उक्त अवाड सार्वजनिक गरिएको थियो । 

 उक्त अवसरमा बोल्दै कलेजका प्राचार्य एवं प्राध्यापक इञ्जिनियर हरि भण्डारीले १३० ओटा देशमध्ये यो किसिमको अवार्ड अक्सफोर्ड कलेजले पाएको बताए । ‘यो अवार्ड हाम्रो कलेजको मात्र प्रतिष्ठाको विषय होइन,’ उनले भने, ‘यो मुलुककै प्रतिष्ठा र गौरवको विषय हो ।’ अवार्डले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाउन मद्दत गर्ने भन्दै उनले अवार्ड प्राप्त गरेपछि जिम्मेवारी र दायित्व थपिएको बताए ।

कार्यक्रममा पोखरा विश्वविद्याललयका उपकुलपनि डा. प्रेमनारायण अर्यालले यो अवार्डले कलेजको मात्रै नभई विश्वविद्यालयको गरिमालाई उँचो बनाएको बताए । आगामी दिनमा अन्य कलेजहरू समेत अवार्डको बिजेता हुनुपर्ने भन्दै उनले शिक्षाको गुणस्तर सबैले सुधार्दै लैजानुपर्नेमा जोड दिए । 

सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले शिक्षाविना देश समृद्ध नहुने भन्दै कोरोनाको विषम परिस्थितिको सामाना गर्दै अबदेखि भौतिक रूपमै कलेज तथा विद्यालय सञ्चालन गर्नुपर्ने बताइन्। अक्सफोर्ड कलेजले यस वर्ष मात्र पाँच ओटा विधामा उत्कृष्ट अवार्ड प्राप्त गरेको जानकारी दिँदै उनले अन्य कलेजले यसबाट प्रेरणा लिनुपर्ने धारणा राखिन् । 

कलेजले  विगतका वर्षहरुमा जर्मनी, फ्रान्स, थाइल्याण्ड, भारत, अमेरिका लगायत देशका संस्थाबाट ७ ओटा उत्कृष्ट अवार्ड प्राप्त गरिसकेको छ ।अवसरमा सूचना प्रविधि, ई–कमर्श, व्यवस्थापन सम्बन्धी अध्यक्ष भण्डारीबाट लिखित तीनओटा कितावको विमोचन समेत गरिएको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)