ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दोलखामा आन्तरिक पर्यटक बढ्दै

२०७७ मंसिर, ३०  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । दोलखामा आन्तरिक पर्यटक आउने क्रम सुरु भएसँगै होटल व्यवसायी उत्साही बनेका छन् ।  बन्द धार्मिक स्थल खुलेपछि  दोलखामा धार्मिक तथा आन्तरिक पर्यटक आउने क्रम बढेको हो ।

दोलखाको पर्यटन व्यवसाय धार्मिक पर्यटनमै आश्रित छ । आन्तरिक पर्यटकहरू आउने क्रम ठप्प हुँदासमेत जेनतेन होटल व्यवसाय टिकाइरहेका व्यवसायीमा अहिले उत्साह थपेको होटल संघ दोलखाका सचिव प्रकाश बुढाथोकीले बताए ।

बन्दाबन्दीकै बीचमा व्यवसाय सुरु गरेका होटल लक्ष्मी प्रालिका सञ्चालक राजेश उप्रेतीले धार्मिक स्थल खुला भएको खबर सार्वजनिक भएसँगै काठमाडौंबाट आन्तरिक पर्यटकहरू आउन सुरु भएको जानकारी दिए ।

दोलखा आउने अधिकांश पर्यटकहरू विशेषगरी भीमेश्वर मन्दिर र कालिञ्चोक दर्शन र भ्रमणका लागि आउने गर्छन् । शनिबार दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा क्षमापूजा सम्पन्न भएसँगै दर्शनका लागि खुला भएकाले आन्तरिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने होटल व्यवसायीको आशा छ ।

धार्मिक स्थल कालिञ्चोकमा होटलहरू बुक हुन थालेका छन् । व्यवसाय नै चौपट हुने अवस्थामा पुगेकामा अहिले होटल बुक हुने क्रम सुरु भएपछि अब कालिञ्चोकको होटल व्यवसाय पुरानै लयमा फर्कने आशमा रहेको होटल सुनपातीका सञ्चालक हरि ओली बताउँछन् ।  

‘बजार, यातायात खुला भएर पुरानै लयमा फर्किएको छ । मंसिर लागेयता सम्पूर्ण शैक्षिक संस्था पनि नियमित सञ्चालनमा आएका छन् । स्वास्थ्यप्रति सबै सजग भएकाले स्वास्थ्य मापदण्ड अपनाउँदै पर्यटकलाई सेवा पु¥याउँछौं’, ओलीले भने ।

धार्मिक स्थल खुलेसँगै कालिञ्चोक केबुलकारसमेत सञ्चालनमा आएको छ । बर्खाको समय बिग्रिएको कालिञ्चोक जाने मोटर बाटो तत्काल मर्मत गर्न  कालिञ्चोकका होटल व्यवसायीहरूको माग छ । बाटो निर्माण भए कालिञ्चोक आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने उनीहरू बताउँछन् ।

दोलखामा हिउँ परेपछि कालिञ्चोक, जिरी तथा शैलुङ क्षेत्रमा धेरै पर्यटक आउने गर्छन् । हिउँ परेको सिजनमा दैनिक १० हजारसम्म आन्तरिक पर्यटकले विगत वर्षमा दोलखाका विभिन्न पर्यटकीय स्थल भ्रमण गरेको यहाँका पर्यटन व्यवसायीको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)