ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भरतपुर विद्युत् वितरण केन्द्रमा बक्यौता रकम २३ करोड ७३ लाख पुग्यो

२०७७ मंसिर, ३०  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

 मंसिर ३०, चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रमा बक्यौता रकम हालसम्म २३ करोड ७३ लाख बढी पुगेको छ । कार्यालयका अनुसार गत आर्थिक वर्ष (आव) २०७६/ ७७ को कात्तिक मसान्तसम्म बक्यौता १९ करोड ८३ लाख २६ हजार ६७ रुपैयाँ रहेको थियो ।

अघिल्ला आवहरूमा बक्यौता रकम घट्दै आएकोमा चालू आवमा बढेको कार्यालयका प्रमुख सुरेश महतोले बताए । ‘लकडाउनका कारण हामीले कुनै सेवाग्राहीको लाइन काटेनौं,’ उनले भने, ‘सेवा ग्राहीको संख्या पनि वर्षेनि बढ्दै गएकाले सोही अनुपातमा  बक्यौता बढ्छ ।’ लकडाउनमा लामो समयसम्म विद्युत् बक्यौता नतिर्ने सेवाग्राहीको लाइन मंसिरदेखि काट्न थालिएको उनले बताए । 

सबैभन्दा बढी बक्यौता सडकबत्तीको 
कार्यालयमा सबैभन्दा बढी बक्यौता रकम सकड बत्तीको रहेको छ । कार्यालयका अनुसार गत आवको कात्तिकसम्म २ करोड ४० लाख ६७ हजार १ सय ५२ रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा ४ करोड ५९ लाख ८० हजार १४१ रुपैयांँ पुगेको छ । कार्यालय प्रमुख महतोले सडकबत्तीको शुल्क सरकारबाट प्राप्त हुने भएकोले बक्यौता रकम बढ्दै जाने र भुक्तानी पनि ढिला हुने बताए । 
‘सरकारले शोधभर्ना गरी प्रक्रिया अनुसार जांँदा रकम भुक्तानी गर्न ढिला हुन्छ,’ उनले भने । यसपछि भने घरमा लाइन जडान गर्ने ग्राहकको संख्या बढी भएकोले उनीहरूको बक्यौता रहने उनको भनाइ छ । 

असुली र कारबाही संख्या घट्यो 
कार्यालयले गत आवभन्दा चालु आवमा असुली र कारबाही संख्या पनि घटेको जानकारी दिएको छ । गत मंसिर १५ गतेदेखि चनौली वितरण केन्द्र सञ्चालनमा आएसंँगै असुली र कारबाही संख्या घटेको हो । गत आवमा भरतपुर वितरण केन्द्रमा ८८ हजार ३७ जना ग्राहक संख्या रहेकोमा चनौलीमा वितरण केन्द्र सञ्चालनमा आएपछि हाल भरतपुर वितरण केन्द्रमा ग्राहक संख्या घटेर ५८ हजार १ सय ९५ जना रहेका छन । यसअघि त्यो क्षेत्रका ग्राहकले भरतपुर वितरण केन्द्रमार्फत महशुल भुक्तानी गर्दै आएका थिए । 

कार्यालयका अनुसार गत आवको ४ महीनामा विद्युत् चुहावट गर्ने ६१ जना ग्राहकलाई कारबाही गरिएको, जसबाट कार्यालयले ४ लाख ३३ हजार ६ सय ९१ रुपैयाँ असुली गरेको थियो । तर चालू आवको कात्तिक मसान्तसम्ममा जम्मा ९ जना ग्राहक कारबाहीमा परेका छन् । यसबाट कार्यालयले २४ हजार ३ सय १७ रुपैयांँ संकलन गरेको छ । 
गत आवको कात्तिकसम्म कार्यालयले ६९१ ग्राहकको लाइन काटेको थियो । उक्त अवधिमा कार्यालयले त्यस्ता ग्राहकबाट १ करोड २० लाख  लाख १२ हजार ९५१ रुपैयाँ असुली गरेको थियो । तर चालू आवको

कात्तिक मसान्तसम्ममा त्यस्ता ग्राहकबाट  ८४ लाख ६ हजार ९०३ रुपैयाँ असुली गरेको छ । यस्तै गत आव कात्तिक मसान्तसम्म कार्यालयले कालोपाटी ग्राहकबाट ३ लाख ५८ हजार १२० रुपैयांँ असुल गरेको थियो भने चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्म २ लाख २६ हजार ९सय ३४ रुपैया असुली गरेको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)