ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रत्ननगर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा गिरी विजयी

२०७७ पौष, १  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

पुस १, चितवन । रत्ननगर उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा शंकर गिरी विजयी भएका छन् । संघको २१ औं साधारण सभा तथा नवौं अधिवेशन अन्तर्गत मंगलबार राति सम्पन्न मत गणना अनुसार नेकपा प्यानलका गिरी ६०४ मत प्राप्त गरी विजयी भएका हुन् भने नेपाली काङ्ग्रेस निकटका उम्मेदवार देवेन्द्र कुमार श्रेष्ठले ५४५ मत प्राप्त गरेका थिए ।

संघको वरिष्ठ उपाध्यक्षमा विजयी हुने नै अर्को कार्यकालमा स्वतह अध्यक्ष हुने संघको विधानमा उल्लेख छ ।
वाणिज्य तर्फको उपाध्यक्षमा नेकपा निकटका भीमनारायण श्रेष्ठ  ५३७ मत प्राप्त गरि विजयी भए भने नेपाली काँग्रेस निकटका कविन घिमिरेले ३७७ मत तथा स्वतन्त्र उम्मेदवार देवीप्रसाद डल्लाकोटीले २१३ मत प्राप्त गरेका थिए ।

उद्योग तर्फको उपाध्यक्षमा नेकपाका निकटका पुरु खनाल ५८९ मत प्राप्त गरी विजयी भए भने नेपाली काँग्रेस निकटका निरञ्जन थापाले ५४१ मत प्राप्त गरेका थिए ।

एसोसिएट उपाध्यक्षमा नेकपा निकटका राममणी थपलिया विजयी भएका छन् । थपलियाले ६६ मत र उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेस प्यानलका हरि अधिकारीले ५३ मत ल्याएका थिए । 
महासचिवमा नेकपा निकटका निराजन खनाल ६१० मत प्राप्त गरि विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेस निकटका व्यवसायी माधवप्रसाद पौडेलले ४६० मत प्राप्त गरेका थिए ।

त्यसैगरी कोषाध्यक्षमा नेकपा प्यानलका उपेन्द्र शर्मा आचार्य ६४० मत प्राप्त गरी विजयी भएका छन् भने उनको प्रतिद्वन्द्वी  नेपाली काँग्रेस प्यानलकी मीना उप्रेतीले ४७३ मत प्राप्त गरेकी थिइन् ।

अबको कार्यकालको अध्यक्ष भने स्वतः रूपमा अनिलकृष्ण श्रेष्ठ रहने छन् । उनी यस अगाडिको कार्यसमितिको वरिष्ठ उपाध्यक्ष रहेका थिए । अधिकांश समिति नेकपा निकट भए पनि संघको नेतृत्व गर्ने अध्यक्ष भने नेपाली काङ्ग्रेस निकटका व्यवसायी हुन।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)