ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भन्सार छली ल्याएको ३१ लाखको आयुर्वेदिक औषधिसहित ८ जना पक्राउ

२०७७ पौष, १  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

पुस १, चितवन । भारतबाट भन्सार छली ल्याएको ३१ लाख ५ हजार ६३३ रुपैयाँ बराबरको आयुर्वेदिक औषधिसहित ८ जना चितवनमा पक्राउ परेका छन् । भारतबाट पर्साको ठोरी हुँदै चितवनको माडीतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त रकम बराबरको रकम सहित उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा चितवनको कालिका नगरपालिका ४ का २८ वर्षीय राजकुमार महतो, माडी नगरपालिका ३ बघौडाका २२ वर्षीया बालकृष्ण महतो, २२ वर्षीय मिलन महतो, कालिका ३ का ३१ वर्षीय हरिशरण चौधरी, मकवानपुरको गढी गाउँपालिका ८ का २५ वर्षीय सुरज गौतम, सोही गाउँपालिका ३ का प्रकाश दाहाल, हेटौंडा उपमहानगरपालिका ५ का २५ वर्षीय उज्वल पोख्रेल र हेटौंडा २३ का २३ वर्षीय विपिन सापकोटा रहेका छन् । बुधवार जिल्ला प्रहरी कार्यालय, चितवनमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । 

प्रहरीका अनुसार मंगलबार बिहान ८ः४० बजे ठोरीबाट माडीतर्फ आउँदै गरेको ना ४ ख ४४२५ नम्बरको गाडी रोकी चेक जाँच गर्ने क्रममा गाडीमा सवार राजकुमार महतोले डिक्कीमा बोरामा राखी ल्याएको अवस्थामा विभिन्न किसिमका औषधि बरामद गरेको थियो । औषधि बरामद गरी खोजतलास गर्ने क्रममा माडी ३ का बालकृष्ण महतो र मिलन महतोको घरमा लुकाई छिपाई राखेको अवस्थामा थप औषधि फेला परेको प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङ्गले जानकारी दिए । 
 

अलपत्र अवस्थामा औषधि फेला 
आज (बुधबार) बिहान ७ः१५ बजे माडी नगरपालिका ९ बगहीखोलाको किनारबाट पनि अलपत्र अवस्थामा बिभिन्न किसिमका औषधि फेला पारी बरामत गरिएको प्रहरीले जनाएको छ । बगही खोलाको झाडीमा बेवारिसे अवस्थामा औषधि रहेको भन्ने सुचनाको आधारमा ईप्रका माडीबाट खटिएको टोलीले ‘ओरिएन्सस्ट्रोङ लाइभ’ लेखिएको औषधि ५३ बट्टा, ‘प्यन्याक्स जिनसेङ’ लेखिएको औषधि ३० बट्टा, ’रेइशी गानोडेर्मा’ लेखिएको औषधि ९८ बट्टा, ‘डायकेयर’ लेखिएको औषधि ९८ बट्टा, ’गार्लिक’ लेखिएको औषधि ६० बट्टा, ’अर्थोबेस्ट’ लेखिएको औषधि ९१ बट्टा र ’फ्रुट फिभर’ लेखिएको औषधि १४ बट्टा बरामद गरेको हो ।

गाडीबाट बरामद भएको औषधि अनुमानित २१ लाख १० हजार ५३२ रुपैयाँ ५ पैसा भारु र वेवारिसे अवस्थामा रहेको औषधि अनुमानित ९ लाख ९५ हजार १ सय रुपैयाँ ३ पैसा भारु बराबरको रहेको प्रहरीले जनाएको छ । बरामत भएका औषधिसहित पक्राउ परेका आठै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि औषधि व्यवस्था बिभाग पठाइने प्रहरीले जनाएको छ ।

बरामद भएका औषधिहरु औषधि व्यवस्था बिभाग र सरकारबाट विक्री वितरणका लागि स्वीकृति नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी गुरुङले बताउनु भयो  । ठगी गरी नेटवर्किङ बिजनेसको रुपमा बिरामीहरुलाई उक्त औषधिहरु उच्च मुल्यमा विक्री वितरणका गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । औषधि व्यवस्था विभागले औषधिको बिषयमा र प्रहरीले ठगी तथा नेटवोर्किङ बिजनेसको बिषयमा अनुसन्धान गरिने उनले बताए । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)