ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आन्तरिक राजस्व कार्यालय चितवनको राजस्व असुली ९० प्रतिशत नाघ्यो 

२०७७ पौष, ६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

पुस ६, चितवन । मंसिर महिनामा आन्तरिक राजस्व कार्यालय, भरतपुरले सबै शीर्षकमा गरी ९० दशमलव ७० प्रतिशत असुली गरेको छ । कार्यालयले विभागले दिएको लक्ष्य र असुली प्रतिशतको अनुपात अनुसार आयकर शीर्षकमा १३० प्रतिशत, बहालकरमा ४३ प्रतिशत, ब्याजकरमा ४८५ प्रतिशत, मूल्य अभिवृद्धि करमा १३७ प्रतिशत, अन्तःशुल्कमा ८१ प्रतिशत, शिक्षा सेवा शुल्कमा २ प्रतिशत  र स्वास्थ्य सेवा शुल्कमा शून्य प्रतिशत राजस्व असुली गरेको हो । 

कार्यालयले चालू आर्थिक बर्षको चौमासिकसम्म जम्मा ८१ प्रतिशत राजस्व असुली गरेको थियो भने कात्तिक महिनामा मात्र ९४ दशमलव २७ प्रतिशत राजस्व असुली गर्न सफल भएको थियो । 

कार्यालयका अनुसार मंसिर महिनामा आयकर शीर्षकबाट १३ करोड ६६ लाख २८ हजार, बहाल करबाट १४ लाख ९६ हजार, ब्याजकरबाट ४७ लाख ९३ हजार, मूल्य अभिवृद्धि करबाट १४ करोड १७ लाख ३ हजार असुली गरेको छ । यस्तै अन्तःशुल्क शीर्षकबाट ८० करोड २३ लाख ७३ हजार, शिक्षा सेवा शुल्कबाट ३ हजार र स्वास्थ्य सेवा शुल्कबाट ७ हजार रुपैयांँ असुली भएको छ । कार्यालयले कात्तिक महिनामा कुल १ अर्ब ८ करोड ७० लाख ७ हजार कर असुली गरेको छ । 

कार्यालयका सूचना अधिकारी कपिल नेपालले भरतपुर आन्तरिक राजस्व कार्यालयको राजस्व असुली अन्तःशुल्क शीर्षकमा नै भर पर्ने हुनाले हरेक महिना असुलीमा उत्तारचढाव आउने बताए । ‘अन्य शीर्षकमा जति कर असुली भए पनि खासै कुल असुली प्रतिशतमा फरक पर्दैन,’ उनले भने, ‘हाम्रो राजस्व असुली ९० प्रतिशतसम्म पनि अन्तःशुल्कमै भर पर्ने गरेको छ ।’ उनका अनुसार कात्तिक महिनामा चाडबाड परेसंँगै मदिरा कारोबारमा वृद्धि भएकोले असुली बढेको हो । 

चौमासिकको अन्त्यमा कम्पनीहरुले आफ्नो विवरण  बुझाउने र कर पनि सोही अनुपातमा कर असुली कात्तिक महिनामा ९४ दशमलव २७ प्रतिशत पुगेको हो । ‘यो महिनाको असुली प्रतिशतलाई खासै नराम्रो भन्न पनि मिल्दैन,’ उनले भने, ‘चालू आर्थिक वर्षको अन्त्यसम्म हामी लक्ष्यमा पुग्छौं ।’

लकडाउन खुलेसंँगै आर्थिक गतिविधि चलायमान हुँदै गएकोले अबका महिनाहरूमा राजस्व असुली बढ्दै जाने उनको भनाइ छ । पुस महिनामा सेवाग्राहीले अनुमानित आयकरको पहिलो किस्ता बुझाउने भएकोले राजस्व असुली बढ्ने नेपालले बताए । मासिक ७ हजार पाँचसय भन्दा बढी नाफा गर्ने कम्पनीले स्वयं आयकर घोषणा गर्नुपर्दछ । 

आव २०७७÷७८ का लागि विभागले कार्यालयलाई १८ अर्ब ९० करोड ९० लाख ४ हजार राजस्व असुलीको लक्ष्य दिएको छ । चालु आर्थिक वर्षको ५ महिनामा कार्यालयबाट जम्मा ६ अर्ब १ करोड ५४ लाख राजस्व असुली भएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)