ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माथिल्लो तामाकोशी आयोजनाको संशोधित कार्यतालिका : असार मसान्तबाट पूर्णक्षमतामा विद्युत् उत्पादन

२०७७ पौष, ९  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar नवराज शिवाकोटी

पुस ९, दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आगामी असार मसान्तसम्मबाट पूर्णक्षमतामा विद्युत् उत्पादन हुन सक्ने अनुमान आयोजनाले सार्वजनिक गरेको छ ।

सोमवार आयोजनाले सार्वजनिक गरेको संशोधित कार्यतालिका अनुसार असार सम्ममा आयोजनाका छ ओटै युनिटबाट विद्युत् उत्पादन हुन सक्ने अनुमान सार्वजनिक गरेको हो ।
 यसअघि विसं २०७७ पुसमा आयोजना सम्पन्न हुने कार्यतालिकालाई उक्त आयोजनाले संशोधन गरी आगामी ७ महीनाभित्र आयोजना सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको हो ।

आयोजनाका प्रवक्ता डाक्टर गणेश प्रसाद न्यौपानेले आयोजनाको हाइड्रोमेकानिकल कार्यतर्फको भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल एण्ड इन्जिनियरिङले एक्सपान्सन ज्वाइन र डिस्मेन्टेबल बक्स ल्याउन ढिलाई गरेको कारण आयोजनाको निर्माण कार्य धकेलिएको बताए ।

एक्सपान्सन ज्वाइन र डिस्मेन्टेबल बक्स ल्याउन ढिलाई भई समयमै विद्युत् उत्पादन नहुने देखिएकोले परामर्शदाताले आयोजनास्थलमा रहेको पाइपलाई मोडिफाई गरेर जडान गर्न अनुमति दिएकोले पाँचौंपटक संशोधित कार्यतालिकाभित्र विद्युत् उत्पादन गरि गरिने आयोजनाको दावी छ ।

९९ दशमलब ३ प्रतिशत निर्माण सम्पन्न भएको आयोजनालाई एक्पान्सन ज्वाइन र डिम्मेन्टेबल बक्स ढुवानीको ढिलाइले करोडौं घाटामा पुर्‍याउनुको साथै लागतसमेत बढेको छ । एक्सपान्सन ज्वाइनको सट्टा ५० मिलिमिटर थिकनेस भएको पेनस्टक पाइप राखेर कंक्रिट गर्ने डिजाइन परामर्शदाताले स्वीकृत  गरि पठाएको प्रवक्ता न्यौपा न्यौपानेको भनाइ छ ।
  

६ ओटा युनिट रहेको आयोजनामा आगामी चैत मसान्तसम्ममा पहिलो युनिटबाट परीक्षणको रुपमा ७६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाले बताएको छ ।
 आयोजनामा मूख्यतः माथिल्लो पेनस्टकको अडिट प्लग, भैंसे अडिटमा प्लग, सर्ज सुरुङ अडिट प्लग र माथिल्लो पेनस्टक साफ्टको बेण्ड राख्ने तथा माथिल्लो र तल्लो पेनस्टक साफ्टको विचको होरिजेन्टल पेनस्टक राख्ने काम बाँकी रहेको आयोजनाले सार्वजनिक गरेको शंशोधित कार्यतालिकामा उल्लेख छ ।
 

संशोधन गरिएको कार्यतालिकामा आयोजनाबाट उत्पादित विद्युत् प्रसारणका लागि निर्माण भएको प्रसारणलाइनको कालिञ्चोक गाउँपालिकाको पुटुङस्थित भाँचिएको टावर निर्माण कार्य भने समेटिएको छ्रैन । मुआब्जा विवादका कारण प्रशारणलाईन अन्र्तगत २२०/ १३२ केभीको ४ ओटा टावर र मल्टिसर्किट एक गरी ५ ओटा टावरको निर्माण कार्य अझै शुरु हुन सकेको छैन । 

३५ अर्ब २९ करोड रुपैयाँको लागत अनुमान गरी विसं २०६७ भदौबाट निर्माण शुरु भएको आयोजनाको पछिल्लो संशोधित लागत निर्माण अवधिको ब्याज नजोडी ४९ अर्ब २९ करोड रुपैयाँ पुगिसकेको छ ।

आयोजना सम्पन्न हुँदासम्म कति लगानी पुग्छ भनेर अहिलेनै यकिन रुपमा भन्न नसकिने माथिल्लो तामाकोशी आयोजना सम्बद्ध अधिकारीहरुले बताएका छन् ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)