ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल दाना, अण्डा कुखुरा, वितरक संघको अध्यक्षमा पुनः पाण्डे चयन

२०७७ पौष, १०  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

पुष १०, चितवन । नेपाल दाना अण्डा, कुखुरा वितरक संघको केन्द्रीय अध्यक्षमा पुनः तेजनारायण पाण्डे चयन भएका छन् । संघको शुक्रवार भरतपुरमा भएको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । 

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा वीर बहादुर गुरुङ, उपाध्यक्षद्वय प्रकाश श्रेष्ठ, प्रकाश चापागाई, महासचिवमा नेत्रनारायाण आचार्य, सचिवमा नरेन्द्र अधिकारी, सहसचिवमा मोहन कुमार श्रेष्ठ र कोषध्यक्षमा रामशरण नेपाललाई चयन गरेको छ । 

यस्तै, सदस्यहरुमा रामकृष्ण पुरी, रमेश अधिकारी, शुदर्शन जोशी, मोहनबाबु श्रेष्ठ, इन्द्र क्षेत्री चयन भएका छन् । यस्तै अन्य सदस्यहरुमा प्रकाशमणी सापकोटा, सुरेशजंग पाण्डे, प्रेमप्रसाद गैरे, भरत पाण्डे, अनन्त दुवाडी गुरुप्रसाद सुवेदी र त्रिलोचन सुवेदी चयन भएका छन् । संघको कार्यकाल तीन वर्षको रहनेछ ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)