ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनका लगानीकर्ताको आकर्षण शेयर बजारमा  

२०७७ पौष, १२  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी


पुष १२, चितवन । पछिल्लो समय चितवनमा उल्लेखनीय रुपमा उद्योगी व्यवसायी तथा अन्य लगानीकर्ताहरुको आकर्षण पूँजीबजार क्षेत्रमा बढेको छ ।

कोभिड- १९ को कारण लकडाउनपछि यसतर्फ  आकर्षण बढ्दै गएको  हो । चितवनमा उद्योगी, व्यवसायी, पेशागत कर्मचारी तथा अन्य वेरोजगारी युवाहरु पनि शेयर बजारमा आकर्षित भएको पाइएको छ ।

कोरोना कहरपछि अन्य भौतिक पूर्वाधार क्षेत्रभित्र पर्ने नयांँ उद्योग व्यवसाय क्षेत्र पनि  अनिश्चित भएपछि भर्चुअल कारोबारमा लगानी बढेको जानकारहरुको भनाइ छ । विगत दुई दशकभन्दा बढी कम्युटर व्यवसायमा गर्दै आएका शहिदचोकका नारायण पौडेल शेयर कारोबारतिर हाल बढी समय दिने गरेको बताउँछन् ।

‘हुनत मैले शेयरबजारबारे दुई वर्ष अघिदेखि यसबारे अध्ययन गरेको हुँ’ उनले भने, ‘अहिले बुझेपछि मैले फूलटाइमनै यसलाई समय दिने गरेको छु ।’ शुरुवाती क्षणमा प्राथमिक शेयर(आईपीओ) बाट र लगानी शुरु गरेपनि हाल दोश्रो बजार( सेकेन्डरी मार्केट) मा पनि कारोबार गर्ने गरेको उनले बताए । 

उनका अनुसार कोभिडको कहरपछि पसलमा आउन  अधिकांश ग्राहक उपभोक्ताको संख्या कम भएको र तुलनात्मक रुपमा कम्युटर व्यवसायमा भन्दा बढी शेयर कारोबारमा फाईदा हुने भएकोले यस क्षेत्रलाई प्राथमिकता दिएका हो । 

हुनत यहाँ व्यवसायी नभई ठूला ठूला उद्योगी व्यवसायी, कर्मचारी, गृहणीहरु समेत शेयर लगानीतिर आकर्षित भएका छन् । अनलाईनबाट नै जतिकोपनि कारोबार गर्न सकिने, कारोबार गर्न कुनै त्यस्तो निश्चित मापदण्ड नचाहिने र चाहेको बेला अनलाईनमार्फत जुनसुकै बेला खरीदविक्री गर्न सकिने भएकोले यसतर्फ आकर्षण बढेको हो । अहिले जुनसुकै व्यापारिक प्रथिष्ठान, चोक गल्लीहरुमा शेयरकै बारेमा चर्चा हुने गरेको छ । 

भरतपुर महानरपालिका- ९ का भूषाल मार्केटिङ्गका प्रबन्ध निर्देशक दयाराम भूषाल कोरोनापछि आफूले शेयरमा लगानी गर्न शुरु गरेको बताउंँछन् । ‘मलाई कोरोना अघि खासै यसमा चाख थिएन, उनले भने, ‘अहिले केही बुझेपछि यसमा लगानी गर्न शुरु गरेको छु ।’ अहिले जुनसुकै कम्पनीहरुको आईपीओमा पनि शेयर भर्ने गरेको र आगामी दिनमा सेकेण्डरी बजारमा पनि हात हाल्ने योजना रहेको उनले बताए । 

अन्य व्यापार व्यवसाय अझैपनि सुस्त भएको र लगानीको प्रतिफलमा उपलब्धी कम भएकोले आफूले शेयर बजारमा लगानी गर्न शुरु गरेको उनको भनाइ छ । शेयर बजारमा आकर्षित हुनुका कारण बैंकको व्याजर घट्दै जानु, पुर्वाधार तथा निर्माण क्षेत्रमा लगानी नहुनु मुख्य कारण हो । जसका कारण लगानीकर्ताले फाईदा र कम जोखिम हुने क्षेत्रतर्फ आफुलाई प्रतिस्थापन गर्दै लगेका हुन् ।

‘संस्थागत लगानी’ सम्बन्धी बिषयमा विद्यावारिधी गर्दै गरेका कपिलदेव सुवेदी बैंकको व्याजदर घट्नुनै शेयर लगानीमा आकर्षण बढ्नुको प्रमुख कारण भएको बताउंँछन् । ‘महामारीपछि धेरै क्षेत्र धराशायी र अनिश्चित भयो’, उनले भने, ‘बैंकको ब्याजदर र लगानी पनि कम भए । अहिले ब्रोकरको कमिशन पनि घटेको छ ।’ 

कोरोना कहरपछि धेरैजसो कम्पनीहरुको शेयर खुला नभएको र पुराना कम्पनीहरुको मात्र शेयर खुला भएकोले शेयरकर्ताको चाप बढेको उनको भनाइ छ । ‘कोरोनाको समयमा नेप्से परिसूचक  १ हजार ३०० थियो, उनले भने, अहिले २ हजार १०० भन्दा बढी छ । अझ यो २ हजार ५०० सम्म पुग्नेछ । ’

चितवनमा केही वर्षअघि मात्र एउटा पनि ब्रोकर कम्पनी नभएकोमा हाल तीन ओटा ब्रोकर कम्पनी  रहेका छन् । शुरुवाती क्षणमा लाइनमा बसेर शेयरको फारम भर्ने, कारोबार गरेपनि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले यो प्रणालीलाई अनलाईन गरेपछि यसतर्फ उल्लेखनीय रुपमा लगानीकर्ता बढेका हुन् । 

सनी सेक्युरिटिज कम्पनी नारायणगढका प्रबन्धक उज्जवल पौडेल शेयर कारोबार अनलाईनमार्फत भएकोले पनि सर्वसाधारणको यसतर्फ आकर्षण बढेको बताउंँछन् । ‘पहिले म्यानुअल रुपमा झन्झट पनि थियो, यसतर्फ धेरै अनविज्ञ र चासो कम थियो । अहिले यहाँ ८५ प्रतिशतभन्दा बढीले अनलाईनबाटनै कारोबार गरेका छन् ।’

लकडाउन अघि शेयर कारोबार शून्य जस्तै देखिएपनि त्यसपछि भने उल्लेखनीय रुपमा लगानी कर्ता बढेको उनको भनाइ छ । ‘चितवनमा मात्रै आईपीओ र सेकेण्डरी बजारमा समेत गरी ५० हजारभन्दा बढी लगानीकर्ता छन्’ उनले भने । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)