ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उत्पादन कम भएपछि बजारमा ल्यापटपको अभाव 

२०७७ पौष, १५  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

पुस १५, चितवन । विश्वबजारमा ल्यापटपको उत्पादनसँगै आपूर्ती नियमित नहुँदा बजारमा ल्यापटपको अभाव भएको पाइएको छ । कोरोनाका कारण उत्पादन कम्पनीहरुले उत्पादन नगर्दा र विश्वबजारमा सहज पुर्‍याउन नसक्दा यसको असर अहिले देखिएको हो । 

यसको असर देशभर देखिएको व्यवसायहरु बताउँछन् । लकडाउन अवधिमा यसको उच्चतम प्रयोग, माग बढ्नु र हाल आपूर्ती र माग सन्तुलन नहुँदा ल्यापटपको अभाव देखिँदै गएको हो । 

विगत दुईदशक अघिदेखि ल्यापटप, कम्युटर पार्ट्स तथा अन्य ग्याजेटको विक्री गर्दै आएका बिएसबी कम्युटरका सञ्चालक भानु शर्मा बजार यस्तो उत्तारचढाब कहिल्यै नआएको बताउँछन् । 

‘लकडाउनका कारण तीन महीना त व्यापार ठप्पै भयो, उनले भने, त्यसपछि माग ह्वात्तै बढ्यो तर अहिले ल्यापटप अभाव छ । उनका अनुसार ग्राहकले खोजेको मोडल, सामानहरु नहुँदा र सीमित मात्रामा आपूर्ती हुँदा यसको असर देखिदै गएको हो । 

ल्यापटपको अभाव देखिएपनि डेस्कटप कम्युटरको अभाव भने छैन । कोरोना कारण अधिकांश कार्यालयका काम ‘वर्क फर्म होम’ बाट गर्ने बाध्यता र स्कुल कलेजका पढाईपनि भर्चुअल माध्यमबाट गर्नुपर्ने हुँदा माग एक्कासी बढेको थियो । 

भुषाल इन्टरप्राइजेज, शहीदचोकका अर्का विक्रेता टेकलाल भुषाल  लकडाउनको समयमा एक्कासी ल्याटपको माग बढेपछि र मौज्दात सकिएपछि ल्यापटपको अभाव भएको बताउँछन् । ‘कोरोनाको समयमा कम्पनीहरुले उत्पादन पनि घटाए । विश्वभर यसको माग ह्वात्तै बढ्यो’ उनले भने । 

ल्यापटपको अभाव जस्तो देखिएपनि मोबाईल र अन्य ग्याजेटको अभाव भने भएको छैन । कोरोनाको त्रास अझै कम नभएको, आर्थिक गतिविधि उकासिन नपाएको कारण डिलर तथा निर्यातकर्ताहरुले समेत यस्ता सामानमा लगानी धेरै नगरेका कारण यसका प्रभाव स्थानिय बजारमा देखिएको हो । 

एब्सुल्युट कम्युटर नारायणगढका अर्का विक्रेता अजय गौतम ल्यापटपको अभाव केही देखिएपनि मोबाइल आपूर्तीमा समस्या नभएको बताउँछन् । ‘अहिले आपूर्ती र मागपनि कम छ । मानिससँग क्रयशक्ति पनि कम छ ।’ उनले भने । आंशिक लकडाउनपछि स्कुल, कार्यालय तथा होम यूजरले ल्यापटपको प्रयोग बढी गर्दा अभाव हुन गएको उनको भनाइ छ । 

आपूर्ती र माग घट्यो, मूल्य बढ्यो 
बजारमा आपूर्ती नियमित नहुनु र हाल ल्यापटपको मूल्यमा वृद्धि हुँदा विक्री समेत कम हुँदै गएको विक्रेताहरु बताउँछन् । जसका कारण आफूसँगै भएका ल्यापटप मर्मतसम्भार गर्ने र भएका सामानलाई ग्राहकले प्रयोग गर्न थालेकाले यसको बजारलाई असर परेको उनीहरुको भनाइ छ । 

विश्वबजारमा डलरको भाउ बढेसँगै इलेक्ट्रोनिक्स सामानको समेत मूल्य बढ्छ । एव्स्युलुट कम्युटरका सञ्चालक गौतम ल्यापटपको माग र विक्री मूल्यमानै निर्भर रहेको बताउँछन् । ‘अहिले ल्यापटपको मूल्य २५ प्रतिशतसम्म बढेको छ । विक्री पहिले राम्रो थियो अहिले ठिकै छ ।’ उनले भने ।  नयाँ ल्यापटपको विक्रीभन्दा उनको पसलमा पुराना ल्यापटपको मर्मतसम्भार बढेको उनले बताए । जसका कारण सर्भिस सेन्टरमा ल्यापटप बनाउने चाप समेत बढेको छ  । 

इनोभेटिभ आइटी सालेसुन नारायणगढका टेक्निसयिन ज्ञानु शाही ठकुरी पुराना ल्यापटप खोज्ने र मर्मत गर्नेको संख्या बढेको बताउँछन् । ‘कोरोना अघि एउटा घरमा एउटा ल्यापटप भए चल्थ्यो उनले भने, अहिले व्यक्तिपिच्छे एउटा चाहिने भयो ।’ अहिले पुराना ल्यापटप बनाउने ग्राहक आएपनि पार्टस् भने उपलब्ध नभएको ठकुरीको भनाइ छ । 

कम्युटर एशोसिएशन नेपाल (क्यान), चितवनका अध्यक्ष सन्तोषजनक भुषाल सिजन र डलरको भाउ अनुसार माग र विक्री हुने बताउँछन् । ‘विद्यालयको शैक्षिक शत्र, कार्यालयहरुको आर्थिक वर्ष अन्त्यमा ल्यापटप कम्युटरको विक्री बढ्छ, डलरले पनि यसको माग र विक्रीमा असर पार्छ ।’ उनले भने, विश्वबजारमा यसको उत्पादन, आपूर्ती अनुसार नेपालमा पनि प्रभाव पार्ने उनको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)