ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२७ करोडको लगानीमा भरतपुरमा खानेपानी आयोजना निर्माण हुँदै

२०७७ पौष, १९  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

पुस १९, चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित जखडीमाईमा रू. २७ करोड १७ लाख ४५ हजार ५०० को लगानीमा खानेपानी आयोजना निर्माण हुने भएको छ । 

नेपाल सरकारको खानेपानी मन्त्रालय र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको सह–लगानीमा उक्त खानेपानी आयोजना निर्माण हुन लागेको हो । उक्त आयोजनाको शिलान्यास भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले गरेकी हुन् ।

शिलान्यासपछि बोल्दै प्रमुख दाहालले ३ वर्ष अघि आयोजनाको प्रक्रिया अघि बढेको भएपनि निमार्णकार्य शुरु हुन ढिला भएको बताइन् । 

अझैपनि महानगरवासी शुद्ध खानेपानीको अभाव रहेको भन्दै उनले यसलाई परिपूर्ती गर्न आयोजना निर्माण गर्न लागिएको बताईन् । आयोजनाको निर्माणको ठेक्का श्री सीएबी प्रेररा जेभी कम्पनीले पाएको छ भने विसं २०८९ सम्म सम्पन्न गर्ने प्रतिबद्धता लिएको छ ।

आयोजना निर्माण सम्पन्न भएपछि भरतपुर वडा नम्बर १० र ११ का १५ हजार घरधुरीले लाभ लिन सक्नेछन् ।

निमार्णकार्य थालनीको २ वर्षपछि वडा नम्बर ११ का बासिन्दाहरुले शुद्ध र स्वच्छ खानेपानी पिउन पाउने दाहालको भनाइ छ । यस्तै उनले आयोजना निर्माणका लागि जग्गा उपलब्ध गराउने जखडी माइ आधारभूत विद्यालयलाई महानगरले भौतिक लगायतका आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।आयोजनाका लागि जखडीमाई आधारभूत विद्यालयले ४ कट्ठा जग्गा उपलब्ध गराएको छ । 

खानेपानी मन्त्रालयको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको ७० प्रतिशत तथा भरतपुर खानेपानी व्यवस्थापन बोर्डको ३० प्रतिशत लगानीमा निर्माण प्रकृया अघि बढाइएको हो । 

आयोजनामा साँढे ४ लाख लिटर र ९ लाख लिटर क्षमताको दुई ओटा ओभरहेड ट्यांकी निर्माण हुनेछ । साँढे ४ लाख लिटरको ट्यांकी जखडीमाईमा र ९ लाख लिटर क्षमताको ट्यांकी खाने पानी बोर्डमा निर्माण गरिनेछ । निर्माण सम्पन्न भएपछि भरतपुर खानेपानी व्यवस्थापन बोर्डले सञ्चालन तथा व्यवस्थापन गर्नेछ ।

वडा नं ११ मा धेरैजसोले ट्युबबेलको पानी पिउने गरे पनि पछिल्लो समयमा प्रदूषित भएकाले खानेपानीको लागि शुद्ध खानेपानीको लागि सो आयोजनाबाट स्थानीयबासी आशावादी रहेको वडा अध्यक्ष बाबुराम अधिकारीले बताए । 

शिलान्यास कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठलगायत अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)