ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१२ करोड लागतमा भीमेश्वर रंगशाला निर्माण गरिँदैै

२०७७ पौष, २१  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाले करीब १२ करोड लागतमा ‘भीमेश्वर रंगशाला’ निर्माण गर्ने भएको छ । सदरमुकाम चरिकोटमा रहेको स्थानीय टुँडीखेल खेलमैदानलाई स्तरोन्नति गरी नगरपालिकाले रंगशाला निर्माण गर्न लागेको हो ।

रंगशाला ३ हजार ५०० भन्दा बढी सीट क्षमताको हुने तथा यसमा राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताको आयोजना गर्न सकिने नगरपालिकाका इञ्जिनीयर सुरेश राउतले बताए ।  भीमेश्वर नगरिपालिकाको गौरवको आयोजनाको रूपमा रहेको यो आयोजनाको अधिकांश काम २ वर्षमा पूरा गर्नेगरी ठेक्का लगाइएको छ ।

प्यारापिट सहितको रंगशाला निर्माणका लागि किराँतेश्वर÷सिमपानी जेभीलाई ११ करोड १५ लाख ७७ हजार ४५२ रुपैयाँ (करबाहेक)मा ठेक्का लगाइएको भीमेश्वर नगरपालिकाले बताएको छ । तोकिएकै समयावधिभित्र सम्पन्न गर्नेगरी काम अघि बढाइएको निर्माण कम्पनीका सञ्चालन तीर्थ केसीले बताए । भीमेश्वर रंगशाला अन्तरराष्ट्रियस्तरको हुने इन्जिनियर राउतले बताए । तीन दिशाबाट गौरीशंकर हिमालसहितका रोल्वालिङ हिमशृंखलाको मनमोहक दृश्यावलोकन सहित खेलको मज्जा लिन सकिने उक्त रंगशालामा न्यूनतम सेवासुविधा उपलब्ध हुने बताइएको छ ।

रंगशाला निर्माण सम्पन्न भएपछि आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक प्रभाव पार्ने दोलखाका पर्यटन व्यवसायीको अपेक्षा छ ।

यद्यपि आयोजनाको डीपीआर तयार पार्दा रंगशालासँगै जोडिएको कृषि सामग्री संस्थानको जग्गा समेत समावेश गरिएकाले संस्थानले जग्गाको स्वामित्व नगरपालिकालाई हस्तान्तरण नगरे डीपीआर अनुसारको रंगशाला निर्माणमा समस्या पर्ने आशंका स्थानीयको छ । नगरपालिकाले भने जग्गाको स्वामित्व हस्तान्तरणका लागि आवश्यक प्रयास भइरहेको दाबी गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)