ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चार जना युवाको संयुक्त लगानीमा व्यवसायिक पोल्ट्री फार्म शुरु

२०७७ पौष, २१  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

पुष २१, चितवन । लमजुङ जिल्लामा आफ्नो घर भएपनि चितवनलाई कर्मथलो बनाएर लमजुङका युवाले चितवनमा व्यवसायिक पोल्ट्री फार्म शुरु गरेका छन् । 

लमजुङ दुधपोखरी गाउँपालिका वडा नम्बर १ का विकास घले, दुधपोखरी वडा नम्बर २ का मेन बहादुर घले दुधपोखरी वडा नम्बर ४ का मिन बहादुर घले र भरतपुर महानगरपालिका वडा नम्बर २० का सन्तोष घलेले संयुक्त लगानीमा पोल्ट्री फार्म शुरु गरेका हुन् । रू. १६ लाखको लगानीमा उनीहरुले दुधपोखरी कृषि फार्म सञ्चालनमा ल्याएका हुन् । 

भरतपुर महानगरपालिका वडा नम्बर २५ मा १० कठ्ठा जग्गा भाडामा लिएर उनीहरुले संरचना निर्माण गरी टर्की सहित लोकल कुखुरा पालन शुरु गरेका छन् । चार  युवाले शुरु गरेको फर्ममा अहिले १ हजार ५०० लोकल कुखुरा र १५० ओटा टर्की हुर्कीरहेका छन् । 

‘पहिलेपनि मैले लमजुङमा २०० ४०० ओटा कुखुरा पालेको थिए फार्मका एक कृषक विकास घलेले भने, यसलाई विस्तार गर्ने उद्देश्यले चितवन रोजेका हौं ।’ चितवन देशकै केन्द्रविन्दु र यातायात र बजारको सहज पहुँच पुग्ने हुनाले फार्म यहाँ स्थापना गरिएको उनले बताए । 

आगामी चैतबाट टर्की र लोकल कुखुरा र अण्डा विक्री गर्ने तयारी गरिरहेको उनले बताए । उनका अनुसार विकास घलेले लमजङमा निर्वाहमुखी कुखुरा पालन र निर्माण सामग्री ढुवानी गर्दै आएका थिए । 

चितवनमा पछिल्लो समय लेयर्स कुखुरा पाल्ने कृषकको साथै लोकल कुखुरामा पनि कृषकको आकर्षण बढ्दै गएको छ । ‘लोकल कुखुरा र टर्कीको साना होटलदेखि ठूला होटल र रिसोर्टसम्म अत्याधिक माग छ । त्यसैले यसलाई प्राथमिकता दिएका हौं ।’ उनले भने । 

। उनीहरुले छिट्टै कालिजपालन समेत गर्ने योजना बनाएका छन् । उक्त पोल्ट्री फार्मलाई विस्तार गरी १० हजार लेयर्स र ५ हजार टर्की पाल्ने योजना छ ।’ घलेले थपे, अब छिट्टै कालिजपालन पनि शुरु गर्छौ ।’ 

नेपालमा अन्य क्षेत्रभन्दा कृषि क्षेत्रमा भविष्य र संभावना देखेर यो क्षेत्रलाई व्यावसायिकरण गर्न लागेको बताउँछन् अर्का किसान सन्तोष घले । ‘मेरो पुर्ख्यौली घर लमजुङ हो तर अहिले म चितवन भएपनि यो फार्ममा लमजुङकै मेरो दाजुभाई र मामा हुनुहुन्छ ।’ परिवारमा कृषिकर्म गर्दा आर्थिक रुपमा सहज र सरल हुने भएकोले स्वरोजगार पनि बन्ने हुनाले संयुक्त रुपमा कृषि फार्म शुरु गरेको उनले बताए । 

‘अब यसलाई थप विस्तार गर्दैछौ र ह्याचरी मेशीन पनि ल्याउने तरखरमा छौं ।’ सन्तोष घलेले भने । आफ्नो समुदायमा अधिकांश ब्रिटीस, सिंगापुर र भारतीय सेनामा जागिर खाने संस्कृतिलाई चिर्दै व्यवसायिक पोल्ट्री फार्म शुरु गरेको उनीहरुको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)