ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चालक र यात्रुलाई लक्षित गर्दै रामनगरमा ‘रिफ्रेसमेन्ट सेन्टर’ निर्माण

२०७७ पौष, २५  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

पुस २५, चितवन । नारायणगढ मुग्लिनसडकखण्ड अन्तर्गत रामनगरमा स्तनपान कक्ष र अपांगमैत्री शौचालयसहितको वाटिका निर्माण हुँदैछ । 

गत असारबाट निर्माण कार्य शुरु भएको रामनगर पुष्पवाटिकामा हाल फलफूलको बगैचा, चिल्ड्रेन पार्क, वाटर फाउण्टेन, विश्रामस्थलको निर्माण कार्य पूरा भएको छ । 

राजमार्गमा हिड्ने यात्रु र चालकलाई लक्षित गरी उक्त वाटीका निर्माण गरिएको प्रमुख संरक्षक तारा कुँवरले जानकारी दिए । ‘लकडाउनको समयमा सयौं यात्रु भोकै, तिर्खै हिडेको देख्यौं उनले भने, त्यस्ता यात्रु र चालकका लागि यो अवधारण ल्याएका हौं ।’ 

भरतपुर महानगरपालिका वडा नम्बर १ अन्तर्गत पर्ने सतनचुली सामुदायिक क्षेत्रभित्र पर्ने यो वाटीका बोटानिकल गार्डेन, कलात्मक पुल एवम् वाटरफाउण्टेन लगायतका संरचना रहेका छन् ।

करीब २ विघा क्षेत्रफलमा रहेको उक्त वाटीकाको काम तीव्ररुपमा भइरहेको छ । लामोदूरीका यात्रु, फरक क्षमताका व्यक्तिका केहीबेर भएपनि थकान मेटाउने उद्देश्यले वाटीका निर्माण गरिएको उनले बताए । 

आगामी दिनमा स्तनपान कक्ष, अपांगमैत्री शौचालय क्यान्टिन, योगअभ्यास स्थान समेत निर्माण गरिने प्रमुख संरक्षक कुँवरले बताए । वाटीका निर्माणका लागि हालसम्म रू. १६ लाख खर्च एकहजार जनाको श्रमदान खर्च भइसकेको समितिका अध्यक्ष डिलकुमारी लामिछानेले बताए ।

उनले हालसम्म जनस्तर र दाताबाट रकम जुटाएको भन्दै उनले थप संरचना निर्माण गर्न कठिन भएको बताए । हाल उक्त वाटीकामा तीन जना हेरालुले काम गर्दै आएका छन् । उक्त बाटीका नारायणगढबाट करीब ५ किलोमिटर मुग्लिनतर्फ पर्दछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)