ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनको रामनगरमा चालक र यात्रु लक्षित रिफ्रेसमेन्ट सेन्टर

२०७७ पौष, २६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत रामनगरमा स्तनपान कक्ष र अपांगमैत्री शौचालयसहितको वाटिका निर्माण हुँदै छ । गत असारबाट निर्माण सुरु भएको रामनगर पुष्पवाटिकामा हाल फलफूलको बगैंचा, चिल्ड्रेन पार्क, वाटर फाउन्टेन र विश्रामस्थल निर्माण पूरा भएको हो ।

राजमार्गमा हिँड्ने यात्रु र चालकलाई लक्षित गरी उक्त वाटिका निर्माण गरिएको प्रमुख संरक्षक तारा कुँवरले जानकारी दिइन् । ‘बन्दाबन्दीको समय सयौं यात्रु भोकै, तिर्खै हिँडेको देख्यौं’, उनले भनिन्, ‘त्यस्ता यात्रु र चालकका लागि यो अवधारणा ल्याएका हौं ।’

भरतपुर महानगरपालिका वडा नम्बर १ अन्तर्गत पर्ने सतनचुली सामुदायिक क्षेत्रभित्र पर्ने यो वाटिकामा बोटानिकल गार्डेन, कलात्मक पुल एवं वाटर फाउन्टेनलगायतका संरचना रहेका छन् । करिब २ बिघा क्षेत्रफलमा रहेको उक्त वाटिका निर्माण तीव्र रूपमा भइरहेको छ । लामो दूरीका यात्रु, फरक क्षमताका व्यक्तिलाई केही बेर भए पनि थकान मेटाउने उद्देश्यले वाटिका निर्माण गरिएको उनको भनाइ छ ।

आगामी दिनमा स्तनपान कक्ष, अपांगमैत्री शौचालय, क्यान्टिन, योगाभ्यास स्थानसमेत निर्माण गरिने प्रमुख संरक्षक कुँवरले जानकारी दिइन् । वाटिका निर्माणका लागि हालसम्म १६ लाख रुपैयाँ खर्च र एक हजार जनाले श्रमदान गरिसकेको समितिका अध्यक्ष डिलकुमारी लामिछानेले बताइन् । हालसम्म जनस्तर र दाताबाट रकम जुटाएकाले थप संरचना निर्माण गर्न कठिन भएको  उनको भनाइ छ । हाल उक्त वाटिकामा तीन जना हेरालुले काम गर्दै आएका छन् । वाटिका नारायणगढबाट करिब  ५ किलोमिटर मुग्लिनतर्फ पर्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)