ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२ करोडको लगानीमा भरतपुरमा टोयाटाको सर्भिस सेण्टर सञ्चालनमा 

२०७७ पौष, २६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

पुस २६, चितवन । भरतपुरमा दुई करोडको लगानीमा टोयाटा गाडीको आधिकारिक सर्भिस सेन्टर जेन्यून अटो वल्र्ड प्रालि सञ्चालनमा आएको छ ।

चितवन लगायत छिमेकी जिल्लाहरुका ग्राहकहरुलाई एकै ठाउँमा सेवा दिने उद्देश्यले उक्त सर्भिस सेण्टर सञ्चालनमा ल्याइएको हो । 

भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित बालमन्दिर रोडमा रहेको अत्याधुनिक प्रविधिसहितको सर्भिस सेन्टरको आइतवार युनाइटेड टे«डर्स सिण्डिकेट प्रालिका जनरल मेनेजर महेश कुमार एमले उद्घाटन गरेका थिए  । 

उद्घाटन पछि बोल्दै जनरल मेनेजर एमले सेवामा सन्तुष्टि र गुणस्तरीय सेवा प्रदान गर्नुनै कम्पनीको उद्देश्य रहेको बताए । २ करोड लगानीमा सञ्चालनमा आएको उक्त सर्भिस सेण्टर २ कठ्ठाभन्दा बढी क्षेत्रफलमा रहेको उनले जानकारी दिए । 

सर्भिस सेण्टरमा गाडीका सम्पूर्ण पार्टस, क्याफे र बारबर सप सहित  गाडीको मर्मत केन्द्र (सर्भिस सेन्टर) सञ्चानलमा छ । चितवनमा यो टोयोटा सर्भिस सेन्टर दोस्रो भए पनि यो अत्याधुनिक सेवासहितको पहिलो सर्भिस सेन्टर भएको कम्पनीका निर्देशक इन्द्र रेग्मीले बताए । कम्युटर सफ्टवेयर मार्फत गाडीमा रहेको खराबी र मर्मत र सर्भिसको तालिकाको समेतको ग्राहकले सुविधा लिनसक्ने छन् । 

सर्भिस सेन्टरमा टोयाटा गाडीको मर्मत, डेण्टपेन्ट, सेरामिक कोटिङ, वासिङलगायतका सेवा उपलब्ध गराइने उनले बताए । कोभिड–१९ को सुरक्षाका लागि गाडीमा स्यानीटाइजिङ गर्ने मेसिन पनि रहेको छ ।

उद्घाटन भएको चार दिनसम्म सर्भिस सेन्टरमा ५ देखि ५० प्रतिशत सम्म छूटको व्यवस्था गरिएको सर्भिस सेन्टरका निर्देशक इन्द्र रेग्मीले बताए । सर्भिस सेन्टरमा दुई जना अटो मेकालिनकल इन्जिनियरसहित पाँच जना मेकानिक्स, दुईजना हेल्पर रहेका छन् । दैनिक ६ ओटा टोयोटा गाडी सर्भिस गर्न सकिने बताउँदै उनले एकै पटकमा ४ ओटा गाडी मर्मत गर्न सकिने सर्भिस सेण्टरको क्षमता रहेको बताए । 

सर्भिस सेण्टरले आजदेखि ४ दिनसम्म सर्भिस र पार्टसमा ५ देखि ५० प्रतिशत सम्म छूट गर्नुको साथै वार्षिक सदस्यता कार्डको पनि सुविधा दिइएको छ । वार्षिक ग्राहकले अन्य थप सेवा र छूट पाउने रेग्मीले बताए । चितवनमा मात्रै टोयाटा ब्राण्ड प्रयोग गर्ने ग्राहक ३५० को हाराहारीमा छन् भने १२ ओटा सर्भिस सेन्टर रहेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)