ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भरतपुर महानगरपालिकाको राजस्व संकलनमा ४.४१ प्रतिशतले कमी

२०७७ पौष, २८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

पुस २८, चितवन । भरतपुर महानगरपालिकाको सातौं नगरसभा सम्पन्न भएको छ । सोमवार सम्पन्न सातौं नगरसभामा महानगर प्रमुख रेणु दाहालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम एवम् बजेट कार्यान्वयन बारे आज (मंगलवार) पत्रकार सम्मेलन गरी जानकारी गराइएको थियो ।

महानगरपालिकाले चालू आर्थिक वर्षको पुस २३ गतेसम्म महानगरपालिकामा २२ करोड २७ लाख ९९ हजार १४ रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको छ । यो गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिको तुलनामा ४ दशमलव ४१ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको सोही अवधिमा रू. २३ करोड २६ लाख ३२ हजार ४५० रुपैयाँ ४६ पैसा राजस्व संकलन भएको थियो ।

विश्वभर महमारीको रुपमा फैलिएको कोभिड -१९ का कारण आन्तरिक आयमा केही कमी आएको महानगरप्रमुख रेणु दाहालले बताइन् । कोभिड -१९ कै बीचमा यस अवधिसम्मको आन्तरिक आय निराशाजनक भने नभएको मेयर दाहालको भनाइ छ । 

उनका अनुसार चालू आर्थिक वर्षको कुल राजस्व ३ अर्ब ३१ करोड ६४ लाख ८९ हजार अनुमान गरिएको थियो । जसमा आन्तरिक स्रोततर्फ ९० करोड संकलन हुने अनुमान थियो । घर वहाल कर रू. ८ करोड, नक्सा पास दस्तुरबाट रू. ७ करोड २० लाख, एकीकृत सम्पत्ति कर ४ करोड, व्यवसाय दस्तुर कर रू. ६ करोड, विभिन्न सिफारिस दस्तुर कर रू.७ करोड, अन्य क्षेत्र आय रू. ४० करोड र ढुंगा, गिट्टी विक्रीबाट रू. ६ करोड ८० लाख राजस्व संकलन हुने प्रक्षेपण गरिएको थियो ।

यस्तै चालू आर्थिक वर्षको हालसम्मको वित्तीय प्रगती चालूतर्फ २७ दशमलव ६८ र पूँजीगततर्फ २१ द्यशमलव १५ प्रतिशत रहेको छ । यसलाई सन्तोषजनक मान्न नसकिएपनि निराशाजनक भने नरहेको दाहालको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)