ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जिल्लामै करदाता सेवा कार्यालय खुलेपछि करदाता उत्साहित

२०७७ पौष, २९  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । दोलखा सदरमुकाम चरिकोटमा कर कार्यालय सञ्चालनमा आएपछि दोलखाका करदाता उत्साहित भएका छन् । जिल्लामै कर कार्यालय खुलेपछि कर बुझाउन धुलिखेल पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

व्यवसायका लागि  स्थायी लेखा नम्बर (प्यान) लिन सदरमुकाम चरिकोट आएका दोलखा मेलुङ गाउँपालिकाका विष्णुबहादुर न्यौपानेले जिल्लामै कर कार्यालय स्थापना भएपछि आपूmलाई सहज भएको बताए । सदरमुकाममा करदाता सेवा कार्यालय स्थापना भएपछि एकै दिनमा प्यान लिएर घर फर्कन सकेको उनको भनाइ छ । हरेक व्यवसायका लागि प्यान आवश्यक हुने अवस्थामा जिल्लामै कर कार्यालय स्थापनाले ठूलो सुविधा पुगेको अर्का एक व्यवसायीले बताए । कर बुझाउन विगतमा भक्तपुर तथा धुलिखेल जाँदा धेरै खर्च हुने गरेकोम यहीँ कर बुझाउने व्यवस्थाले खर्च बचेको कदाताहरूको भनाइ छ ।

२०७६ पुस २१ गतेको क्याबिनेट बैठकको निर्णयपछि २०७७ असोज ३० गतेदेखि दोलखामा करदाता सेवा कार्यालय सञ्चालन भएको थियो । कार्यालय स्थापना भएको दुई महीना अवधिमा २८० ओटा व्यावसायिक प्यान, झण्डै ४०० व्यक्तिगत प्यान र २२ ओटा भ्याट दर्ता भएको करदाता सेवा कार्यालय दोलखाको तथ्यांक छ  ।

जिल्लामा करदाता सेवा कार्यालय स्थापना भएपछि धेरै व्यवसायीले रोकिएको कर बुझाउन थालेको कार्यालयले बताएको छ । कार्यालय स्थापना भएपछि सदरमुकाम चरिकोट, जिरी, मैनापोखरी, कालिञ्चोकको कुरी, मागादेउराली र सिँगटीमा करदाता शिक्षा सञ्चालन गरिएको, सरकारले कोरोनाको अवधिमा दिएको सुविधा र करका अन्य प्रक्रियाबारे ब्रोसर, श्रव्यदृश्य सामग्री, गोष्ठी आदि माध्यमबाट जानकारी गराइँदै आएको कार्यालय प्रमुख रामकुमार श्रेष्ठको भनाइ छ ।

दोलखाका विभिन्न सरकारी कार्यालय तथा विद्यालयलाई समेत विभिन्न शीर्षकमा कर कट्टा गरी विवरण पठाउन र डल्यू प्यान लिन ताकेता समेत गरिएको कार्यालयले बताएको छ । जिल्लामा अहिलेसम्म ४४  सामुदायीक विद्यालयले मात्र डब्ल्यू प्यान लिएको कार्यालयको तथ्यांक छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)