ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाग्मती प्रदेश र चितवन उवासंघ बीच आर्थिक रूपान्तरणको विषयमा छलफल

२०७७ माघ, ३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी


माघ ३, चितवन । नेपाल उद्योग वाणिज्य महासंघ बाग्मती प्रदेशका पदाधिकारी र उद्योग वाणिज्य संघ चितवन बीच छलफल भएको छ । बाग्मती प्रदेशको आर्थिक रूपान्तरणको विषयमा लागि छलफल भएको उवासंघ चितवनले जानकारी दिएको छ । 

कार्यक्रममा अध्यक्ष श्रेष्ठले स्रोत र साधनको प्रचुरता र मुख्य गरी पर्यटन विकासको ठूलो सम्भावना रहेको भन्दै बाग्मती प्रदेशको विकासका लागि निजी क्षेत्रको तर्फबाट अल्पकालीन एवम् दीर्घकालीन योजना तय गरी अगाडि बढ्नुपर्ने बताए । यस क्षेत्रका उद्योग वाणिज्य संघहरुको साझा रणनिति तय गरी सामूहिक रुपमा अघि बढ्नुपर्ने उनको भनाइ छ । 

नेपाल उद्योग वाणिज्य महासंघ बाग्मती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठले बाग्मती प्रदेशका उवासंघहरुको क्षमता अभिवृद्धि गर्दै यस क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका सशक्त पार्नका लागि आफू लागिपर्ने बताए । कार्यक्रममा उनले उद्योग वाणिज्य संघ–चितवन जस्तो सबल र सक्षम उवासंघले अन्य जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुलाई भगिनी सम्बन्ध स्थापना गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।

उद्योग वाणिज्य संघ–चितवनका निबर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सहनलाल प्रधानले बाग्मती प्रदेश उद्योग वाणिज्य संघको विकासका लागि नेपाल उद्योग वाणिज्य महासंघले सक्दो सहयोग गर्ने बताए ।  महासंघले आवधिक रणनिति तय गर्न लागेको उनले जानकारी दिए । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमा बाग्मती प्रदेशका उपाध्यक्षद्वय सविन श्रेष्ठ, दुर्गा राज श्रेष्ठ, कोषाध्यक्ष गुणराज श्रेष्ठ लगायत उवासंघ चितवनका कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो । 

बाग्मती प्रदेश पर्यटन विकास समितिको सभापतिमा श्रेष्ठ 

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघ, बाग्मती प्रदेशको पर्यटन विकास समितिको सभापतिमा चयन भएका छन् । बाग्मती प्रदेश उवासंघको शुक्रवार हेटौंडामा सम्पन्न बैठकले श्रेष्ठलाई सभापतिमा चयन गरेको हो ।

बैठकले अध्यक्ष श्रेष्ठलाई वाग्मती प्रदेश उवासंघको कार्यसमिति सदस्यमा समेत मनोनयन गरेको छ । कार्यसमिति सदस्य एवम् सभापतिमा चयन भएका श्रेष्ठले पदभार ग्रहण गर्दै यस क्षेत्रको पर्यटन विकासका लागि सार्वजनिक निजी साझेदारी अवधारणा बमोजिमका कार्यक्रम तय गरी अगाडि बढ्ने बताए ।

अध्यक्ष श्रेष्ठले सबै बाग्मती प्रदेशका उवासंघहरुबाट यस क्षेत्रको पर्यटन क्षेत्रका समस्या एवम् सम्भावनाका बारेमा तथ्यांक लगायत प्रतिवेदन संकलन गर्न उवासंघ चितवनको सचिवालयलाई निर्देशन दिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)