ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सौराहाका पर्यटन व्यवसायीको लगानीमा सिटी सेन्टर निर्माण सुरु

२०७७ माघ, ४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । रत्ननगर नगरपालिका वडा नम्बर १ स्थित टाँडी बजार नजिकै सुविधासम्पन्न सिटी सेन्टर निर्माण सुरु गरिएको छ । रत्ननगर नगरपालिका प्रमुख नारायण वनले सिटी सेन्टरको शिलान्यास गरे ।

सौराहाका ४ जना पर्यटन व्यवसायीले  सौराहा भेञ्चर नामक कम्पनी दर्ता गरी सिटी सेन्टर निर्माण थालेका हुन् । २ वर्षभित्र निर्माण सम्पन्न गरिने उक्त सिटी सेन्टरमा १५ करोड लगानी लाग्ने अनुमान गरिएको छ ।

साढे ९ कट्टा क्षेत्रफल रहेको उक्त सिटी सेन्टरलाई सुविधासम्पन्न तीन तले सुपरमार्केट मोडलको रूपमा विकास गरिनेछ । व्यवसायीका अनुसार पहिलो तल्लामा खाद्यान्न र दैनिक उपभोग्य वस्तु, दोस्रो तल्लामा कपडा तथा फेसन वेयर, दुई वटा थिएटरसहितको मल्टिप्लेक्स र तेस्रो तलामा रुफटप रेन्टुरेन्टसहितका संरचना बन्नेछन् ।  

पर्यटन सिजनल व्यवसाय भएकाले र उत्तारचढाव आइरहेका कारण अन्य क्षेत्रमा हात हाल्नुपरेको व्यवसायीको भनाइ छ । क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष एवं सिटी सेन्टरका लगानीकर्ता सुमन घिमिरे पर्यटन व्यवसायमा आएको अस्थिरताका कारण सिटी सेन्टरमा लगानी गर्न सुरु गरिएको बताउँछन् ।

‘पर्यटन व्यवसाय सिजनेबल भयो,’ उनले भने, ‘व्यवसाय विस्तार गर्ने उद्देश्यले सिटी सेन्टरको अवधारणा आयो ।’ उनका अनुसार सौराहा नजिक यस प्रकारको व्यवसाय नभएकाले पनि सिटी सेन्टरको आवश्यकता महसुस गरिएको हो ।

स्थानीय तथा सौराहाका व्यवसायीलाई लक्षित गर्दै सबै सामान एकै ठाउँ उपलब्ध गराउन सिटी सेन्टर निर्माण गर्न लागिएको घिमिरेले जानकारी दिए ।

सौराहा भेन्चरमा क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे, पूर्वअध्यक्ष नारायण भट्टराई, रेस्टुरेस्ट एन्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेबान) का अध्यक्ष दीपेन्द्र खतिवडा र ज्ञानेन्द्रकुमार विष्ट लगानीकर्ता रहेका छन् । अन्य व्यवसायीलाई समेत यसमा जोड्दै लगिने घिमिरेले बताए ।

पर्यटन व्यवसाय खाद्यवस्तु तथा अन्य उपभोग्य वस्तुसँग सम्बन्ध राख्ने भएकाले  सिटी सेन्टर निर्माण गर्न लागिएको हो । व्यवसायलाई विस्तार र विविधीकरण गर्न र आफूलाई चाहिने सामान आफ्नै सिटी सेन्टरबाट खरिद गर्न सकियोस् भन्ने उद्देश्यले यो अवधारणा ल्याइएको रेबानका अध्यक्ष एवं अर्का लगानीकर्ता दीपेन्द्र खतिवडाले बताए ।

‘अब सिंगल बिजनेसभन्दा ग्रुप बिजनेस बढी फलदायी हुन्छ,’ उनले भने, ‘अबको समय उत्पादनकर्तादेखि बिक्रीकर्तासम्म आफै हुनुपर्ने बेला हो ।’ सिटी सेन्टर निर्माणसँगै सहरको स्वरूपमा परिवर्तन हुने, चहलपहल बढ्नुका साथै रोजगारी वृद्धि हुने अपेक्षा व्यवसायीको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)