ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भरतपुर आन्तरिक राजस्व कार्यालयद्वारा लक्ष्यभन्दा १५ प्रतिशत बढी राजस्व असुली

२०७७ माघ, ४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

माघ ४, चितवन । आर्थिक वर्ष ०७७/७८ को पुस महीनामा आन्तरिक राजस्व कार्यालय, भरतपुरको राजस्व असुली लक्ष्यभन्दा १५ प्रतिशत बढी भएको छ । 

कार्यालयले दिएको जानकारी अनुसार लक्ष्यभन्दा १४ दशमलव ८५ प्रतिशत बढी कर असुली भएको हो । विभागले पुस महीनाको लागि सबै शीर्षक गरी ८५ करोड ३ लाख ११ हजार लक्ष्य भएकोमा रू. १ अर्ब ४९ करोड २४ लाख २६ हजार राजस्व असुली गरेको हो । 

कार्यालयका अनुसार सबैभन्दा बढी अन्तशुल्क शीर्षकमा ८५ करोड ५९ लाख ७६ हजार रुपैयाँ असुली गरेको छ भने, सबैभन्दा कम स्वास्थ्य सेवा शीर्षकबाट ८ हजार रुपैयाँ कर असुली भएको छ । 

यसैगरी कार्यालयलाई आयकर शीर्षकमा ४३ करोड ४८ लाख ६१ हजार लक्ष्य दिइएकोमा ४३ करोड ५६ लाख ५७ हजार कर असुली गरेको छ । मूल्य अभिवृद्धि करमा १२ करोड ९६ लाख ४ हजार लक्ष्य दिइएकोमा १७ करोड २५ लाख ४५ हजार रुपैयाँ र व्याजकरमा ३६ लाख ५३ हजार लक्ष्य दिइएकोमा १ करोड ५५ लाख ४१ हजार रुपैयाँ असुली गरेको छ । उल्लेखित शीर्षकमा लक्ष्य अनुसार कर असुली बढी भएपनि बाँकी शीर्षकमा लक्ष्य अनुसार कर असुली हुन सकेको छैन । 

कार्यालयका सूचना अधिकृत कपलिराज नेपालका अनुसार अन्य शीर्षकमा लक्ष्यभन्दा बढी कर असुल गरिए पनि बहालकर, शिक्षा सेवा र स्वास्थ्य सेवाकरमा लक्ष्य अनुसार कर असुली नभएको जानकारी दिए । 

उनका अनुसार बहाल कर शीर्षकमा १ करोड ६६ लाख १३ हजार रुपैयाँ लक्ष्य दिएकोमा कार्यालयले १ करोड २५ लाख ५० हजार रुपैयाँ मा असुली गरेको छ । यस्तै शिक्षा सेवा शीर्षकमा २ लाख ८८ हजार लक्ष्य दिएकोमा १ लाख ४९ हजार रुपैयाँ, र स्वास्थ्य सेवामा १४ लाख ५१ हजार रुपैयाँ लक्ष्य दिइएकोमा ८ हजार रुपैयाँमा मात्र कर असुली भएको छ । 

आन्तरिक राजस्व कार्यालयमा संस्थागत बहालकर मात्र असुली हुने र अन्य व्यक्तिगत बहाल कर स्थानीय सरकारले लिने भएकोले लक्ष्य अनुसार कर संकलन नभएको नेपालले बताए । यस्तै गत आवबाट शिक्षा सेवा र स्वास्थ्य सेवा कर शीर्षक कार्यालयको मातहतबाट हटाइएको कारण अघिल्ला वर्षको बक्यौता कर मात्र संकलन भएको हो । 

‘वार्षिक कर असुली लक्ष्य भेट्टाउन सक्छौं’
कार्यालयले चालू आर्थिक वर्षको ६ महीनामा झण्डै ८८ प्रतिशत कर असुल गर्न सकेकोले आवको अन्तिम महीनासम्म लक्ष्य अनुसारको कर असुल्न सकिने बताएको छ । 

हालसम्म कार्यालयले सबै शीर्षकमा गरी ८७ दशमलव ८३ प्रतिशत कर असुल गर्न सफल भएको छ । पुस, चैत, र आषाढ महीनामा तुलनात्मक रुपमा अन्य महीनाकोभन्दा बढी कर असुली हुने भएकोले कर असुली लक्ष्य अनुसार संकलन हुने नेपालको भनाइ छ । ‘पुस महीनामा आयकरको ४० प्रतिशत अनुमानित कर असुली गरिन्छ, चैत्र महीना र असारमा ३०/३० प्रतिशतले आयकर सकलन हुन्छ ।’ उनले भने ।

कोरोनाका कारण गत महीनाहरुमा कर संकलन सन्तोषजनक नदेखिएपनि आगामी महीनाहरुमा कर असुली लक्ष्य अनुसार संकलन हुने उनले बताए । विभागले यस वर्ष कार्यालयलाई १८ अर्ब ९१ करोड ५८ लाख ८१ हजार रुपैयाँ लक्ष्य दिएको छ भने, पुस मसान्तसम्म ७ अर्ब ५० करोड ९९ लाख ९ हजार रुपैयाँ संकलन भएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)