ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ट्राफिक कार्यालय चितवनः ६ महीनाको राजस्व संकलन १ करोड ६१ लाख 

२०७७ माघ, ७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

माघ ७, चितवन । जिल्ला ट्राफिक कार्यालय चितवनले आर्थिक वर्ष ०७७ ०७८ को ६ महीनामा १ करोड ६१ लाख ८१ हजार २६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

कार्यालयले दिएको जानकारी अनुसार पुस मसान्तसम्म गरिएको राजस्व संकलनमा सबैभन्दा बढी पुसमा ४४ लाख ४४ हजार ५०० र सबैभन्दा कम भदौमा ६ लाख ८४ हजार ५०० रुपैयाँ संकलन गरेको छ । 

कार्यलयले बाँकी  महीनामा भने राजस्व संकलनमा वृद्धि गर्दै लगेको छ । जसअनुसार साउन महीनामा ९ लाख २६ हजार रुपैयाँ, असोज महीनामा २९ लाख ७७ हजार ५००, कात्तिक महीनामा ३४ लाख ३० हजार ५०० रुपैयाँ संकलन गरेको थियो । 

यस्तै कार्यालयले मंसिर महीनामा ३६ लाख ६३ हजार ५०० र पुष महीनामा ४४ लाख ४४ हजार ५०० रुपैयाँ संकलन गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)