ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यावरण र पर्यटन विकासको लागि ‘राईड टु सोमेश्वरगढी ’

२०७७ माघ, १२  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

माघ १२, चितवन । चितवनको पर्यावरण र पर्यटन विकासका लागि ‘राइड टु सोमेश्वरगढी’ हुँदैछ  ।

चितवनको माडीमा रहेको ऐतिहासिक महत्व बोकेको सोमेश्वरगढीलगायत माडीका अन्य धार्मिक  पर्यटकीय स्थलमा माघ १६ र १७ गते साइकल यात्रा हुन लागेको हो ।

आयोजकमध्ये एक वाह बाइक चितवनका सञ्चालक एवम् साइकल अभियन्ता डा. जीवन क्षेत्रीले कोरोनाका कारण अस्तव्यस्त पर्यटन क्षेत्रलाई उजागार गर्दै बढ्दो प्रदूषणलाई न्यूनीकरणका लागि साइकल यात्रा अभियान शुरु गर्न लागिएको बताए । 

शहरमा बढ्दो सवारी जाम तथा धुलाम्य सडकले सिर्जना गरेको वायु प्रदूषणले स्वास्थ्य र वातावरणमा पारेको प्रतिकुलतालाई मध्यनजर गर्दै साइकल र पर्यटनलाई जोड्न साइकल यात्रा शुरु गर्न लाएिको उनको भनाइ छ । 

एक सपना साइकल र सफा नेपालकी साइकल अभियन्ता रुक्मिणी सापकोटाले ‘राइड टु सोमेश्वरगढी’मा चितवनलगायत १० जिल्लाबाट साइकल यात्रीहरु सहभागी हुने जानकारी दिइन् । ‘कम्तीमा १०० जना साइकल यात्रीहरुको सहभागिता हुनेछ ।’ उनले भनिन् । 

साइकल यात्रामा विशेष अतिथिको रुपमा विश्व साइकल यात्री पुष्कर शाह र भारतका १० फुट ६ इन्चसम्म अग्लो साइकल बनाएर चलाएका साइकल यात्री राजीव कुमार ‘जोनी’ को सहभागिता रहने बताइएको छ । 

माडी नगरपालिकाको मुख्य सहयोग तथा आतिथ्यतामा हुन लागेको साइकल यात्रामा भरतपुर महानगर, जिल्ला समन्वय समिति चितवन, क्षेत्रीय होटल संघ, उधोग वाणिज्य संघलगायतको सहकार्य र निजी क्षेत्रका विभिन्न व्यवसायीहरुको सहयोग रहनेछ । 

चितवन राष्ट्रिय निकुञ्ज नजिक रहेको माडी क्षेत्र जंगल पर्यटन, धार्मिक पर्यटनको लागि प्रख्यात छ । नेपाल सरकारले १०० ओटा पर्यटकीय गन्तव्य अन्तर्गत छनौट गरेको सोमेश्वरगढी पनि एक हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)