ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दोलखामा स्वास्थ्य चौकी पुनर्निर्माण सुस्त

२०७७ माघ, १३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । दोलखामा २०७२ सालको भूकम्पले क्षति पु¥याएका स्वास्थ्य चौकी भवनको निर्माण सुस्त देखिएको छ । भूकम्प गएको ५ वर्षमा जिल्लामा एउटा मात्र स्वास्थ्य चौकी भवन पुनर्निर्माण हुन सकेको छ ।

भूकम्पपछि तामाकोशी गाउँपालिकाको मालु स्वास्थ्य चौकीको मात्र पुनर्निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) दोलखाका सब–इञ्जिनीयर रामशरण न्यौपानेले बताए । हाल भीमेश्वर नगरपालिकाको सुस्पाक्षमावती, तामाकोशी गाउँपालिकाको च्यामा र हाँवाका साथै शैलुङ गाउँपाललिकाको फस्कुमा स्वास्थ्य चौकी भवन निर्माणकै चरणमा रहेको जानकारी उनले दिए ।

जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)का अनुसार बिगु गाउँपालिकाको ओराङ, मेलुङ गाउँपालिकाको पवटी, भीमेश्वर नगरपालिकाको मकैबारी र शैलुङ गाउँपालिकाको शैलुङ स्वास्थ्य चौकीको भवन निर्माणको ठेक्का लागेको छ । यस्तै जिल्लाका विभिन्न स्थानीय तहरूमा रहेका १७ ओटा स्वास्थ्य चौकी भवन निर्माणका लागि टेन्डर प्रक्रिया शुरू भएको बताइएको छ । बागमती प्रदेश सरकारबाट तामाकोशी गाउँपालिकाको जफेमा स्वास्थ्य चौकी निर्माण प्रक्रिया शुरू भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु झाले बताए । बिगु गाउँपालिकाका लादुक, बुलुङ तथा खोपाचागुका साथै कालिञ्चोक गाउँपालिकाको सुनखानी र सुन्द्रावतीमा भने मापदण्ड अनुसारका स्वास्थ्य चौकी भवन छन् । स्वास्थ्य चौकीको स्तरीय भवन नहुँदा सेवा उपलब्ध गराउन समस्या भएको गुनासो स्वास्थ्यकर्मीहरूको छ । भूकम्पपछि कतिपय स्वास्थ्य चौकीहरूमा प्रि–फ्याबका संचरना बनाइएका छन् भने कतिपयले ट्रसबाट सेवा दिइरहेका छन् । स्वास्थ्य चौकीको निर्माणमा ढिलाइले नागरिकले सहज रूपमा सेवा लिन नसकेको स्वास्थ्य क्षेत्रमा लामो समयसम्म काम गरी सेवा निवृत्त भएका भीमेश्वर नगरपालिका–१ का गोपाल शिवाकोटीले बताए ।

हाल दोलखामा दुई सरकारी अस्पताल, दुई स्वास्थ्य केन्द्रका साथै ५३ ओटा स्वास्थ्य चौकी रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाको तथ्यांक छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)