ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घरेलु तथा साना उद्योग कार्यालय चितवनमा १२३१ उद्योग दर्ता 

२०७७ माघ, १३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

माघ १३, चितवन । आर्थिक वर्ष २०७७/७८ को ६ महीनामा घरेलु तथा साना उद्योग कार्यालय, चितवनमा एक हजार २३१ ओटा घरेलु उद्योग दर्ता भएका छन् । यसमध्ये सबैभन्दा बढी ८ सय ९२ वटा कृषि तथा वनमा आधारि उद्योग दर्ता भएका छन् भने सबैभन्दा कम १ सय ९ उत्पादनमूलक उद्योग दर्ता भएका छन् । 

यसैगरी सेवामूलक उद्योग ११० ओटा, पर्यटनमूलक उद्योग १२० ओटा दर्ता भएका छन् । यस आवमा कार्यालयमा ऊर्जामूलक उद्योग, खनिजजन्य, निर्माणमूलक र सूचना प्रवधि उद्योगहरू दर्ता भने भएको छैन । 

चालू आर्थिक वर्षमा चितवनको घरेलु तथा साना उद्योग कार्यालय दर्ता भएका उद्योगमध्ये महिला र पुरुष उद्यमीले  बराबरी संख्यामा उद्योग दर्ता गरेको पाइएको छ । सो अवधिमा ६९७ जना पुरुष उद्यमी रहेका छन् भने महिला उद्यमीको संख्या ६७८ रहेको छ । तर दर्ता भएका उद्योगमध्ये कृषि तथा वनजन्य उद्योगमा महिला उद्यमीको संख्या बढी छ, जसअनुसार यस शीर्षकमा ९६१ उद्योगमा ४८४ महिला उद्यमी रहेका छन् भने ४७४ पुरुष उद्यमी रहेका छन ।

यस्तै पर्यटनमूलक उद्योगमा दर्ता भएका उद्योगमध्ये ८५ ओटा महिला उद्यमीको नाममा दर्ता भएको छ भने ४० ओटा पुरुष उद्यमीको नाममा दर्ता भएको छ । यस्तै सेवामूलक उद्योमा महिला उद्यमीको संख्या ६०, पुरुषको ६५, उत्पादनमूलक उद्योगमा महिलाको ४९ ओटा, पुरुषको ११३ ओटा उद्योग दर्ता भएको छ । अन्य शीर्षकमा उद्योग दर्ता भएको देखिँदैन । यी सबै उद्योगमा महिला र पुरुष रोजगारीको संख्या ३ हजार ८५५ छ ।

महिला र पुरुष उद्यमी बाहेक अन्य बांँकी उद्योगहरू प्रालि र साझेदारीमा उद्योगहरू दर्ता भएका हुन् । कार्यालयका प्रमुख यादवनाथ आचार्यले बन्दाबन्दी खुलेसंँगै उद्योग दर्ता गर्नेको संख्या उल्लेख्य रुपमा वृद्धि भएको बताए ।

‘हाल उद्योग दर्ता गर्ने महिला, पुरुष र अन्य स्वरोजगार बन्न चाहने छन्, उनले भने, ‘यसमध्ये पनि महिला उद्यमीको संख्या बढ्दै गएको पाएका छौं ।’ सरकारले पुरुषलाई भन्दा महिलालाई बढी प्राथमिकता दिएको र बैंकको ऋण, अनुदानमा सहज पुर्‍याएकाले महिला उद्यमीको संख्या क्रमशः बढ्दै गएको उनले बताए ।

यी उद्योगमध्ये पनि कृषि पशुपालनसम्बन्धी उद्योग महिलाका लागि बढी सहज र सरल हुने र अनुदान पनि सोही अनुपातमा बढी मिल्ने भएकोले कृषिजन्य उद्योगमा महिला उद्यमीको आकर्षण बढेको आचार्यको भनाइ छ । 

१ करोड ८८ लाख राजस्व संकलन 
कार्यालयले चालू आवको पुस मसान्तसम्म उद्योग दर्ता, नवीकरण, ठाउँ सारी, नामसारी, पूँजीवृद्धि, लगतकट्टा, प्रतिलिपि लगायत शीर्षकमा गरी १ करोड ८८ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गरेको छ, जसअनुसार सबैभन्दा बढी कृषि तथा वन्य जन्य उद्योगमा १ करोड १३ लाख ७० हजार रुपैयांँ र सबैभन्दा कम पर्यटनमूलक उद्योगबाट १८ लाख ७२ हजार रुपैयांँ राजस्व सकलन गरेको छ ।

यस्तै कार्यालयले उत्पादनमूलक उद्योगबाट ३३ लाख ५९ हजार र सेवामूलक उद्योगबाट २२ लाख ६९ हजार रुपैयांँ राजस्व संकलन गरेको छ । कार्यालयमा हाल ५ लाखदेखि ५ करोडसम्म स्थिर पूंँजी भएका उद्योग दर्ता हुँदै आएका छन् । ५ लाख स्थिर पूँजीभन्दा कम भएका उद्योग स्थानीय तहमा दर्ता हुने गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)