ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महिलाको नामको जग्गासहितको कृषि गणना गरिंदै

२०७७ माघ, १४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

माघ १४, चितवन । नेपाल सरकारले १० वर्षमा गरिने गणनामध्ये कृषि गणनाको लागि तयारी शुरु गरेको छ । आगामी २०७८ सालमा तराईका जिल्लामा २०७८ साल पुसदेखि फागुनमा हुने गणनामा महिलाको नाममा रहेको जग्गासहितको गणना गर्न लागिएको हो । 

यसको तयारीको लागि चितवन जिल्लामा पनि गणनाको परीक्षण, पृष्ठपोषण तथा सुझावको लागि पाईलट कृषि गणना गर्न शुरु भइसकेको छ । चितवनमा रहेको तथ्यांक कार्यालयले बुधवार एक कार्यक्रमको आयोजना गरी विभिन्न पक्षसँग सुझाव संकलन गरेको थियो । 

कार्यक्रममा बोल्दै तथ्यांक कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीले पहिले गरिएको गणनाभन्दा अबको गणनामा केही सूचकहरु परिमार्जन गरिएको बताए ।

सरकारले अब गरिने कृषि गणनाको लागि कृषि बीमा तथा सरकारी अनुदान, कृषिमा जलवायु परिवर्तनले पुर्‍याएको असर, बालीमा विषादीको प्रकार अनुसारको प्रयोग, बाली अवशेष तथा कृषिकार्यबाट सृजित फोहरको व्यवस्थापन सूचकहरु थपेको छ । 

यस्तै, कृषि वनको अभ्यास, हरित कृषि खेती प्रणालीको अभ्यास, सरकारी सेवा सुविधामा कृषकको पहुँच लगायतका सूचक थपिएको कार्यालयले जानकारी दिएको छ । 

राष्ट्रिय कृषि गणनाको लागि देशभर अनुमानित कृषि गणना अधिकृत ७७ जना १ हजार ५०० सुपरिवेक्षक र ६ हजार गणक खटाइने भण्डारीले जानकारी दिए ।

यसै विषयमा चितवनमा पनि गणनाको विषय, मोडालीटी र सुझाव संकलनको लागि सचेतना गोष्ठी आयोजना गरिएको हो । संघीय संरचना अनुसार तीनै तहका सरकारका कृषि सम्बन्धी योजना तर्जुमा, नीतिनिर्माण, अनुगमन तथा मूल्यांकन गर्न गणनाको मुख्य उद्देश्य रहेको छ । 

अब हुने कृषि गणनामा देशव्यापी रुपमा ३ लाख ५० हजार कृषक परिवारबाट प्रत्यक्ष अन्तर्वाता गरी २५ लाख कृषक परवारको सूचीकरण गरिने भण्डारीले जानकारी दिए । हरेक घरघरमा गरिने गणनाको प्रश्नावलीको कृषक परिवार सूचक लगत, कृषक परिवार प्रश्नावली र सामुदायिक प्रश्नावली लाई समावेश गरिएको छ । 

कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले अब गरिने गणनामा केही परिमार्जित भएपनि कृषि क्षेत्रकै लागि भने यी सूचकहरु वैज्ञानिक र उपलब्धीमूलक नभएको बताए । गणनाले सरकारलाई नीतिगत योजना, तर्जुमा गर्नुको साथै योजना बनाउन खाका रुपमा गणना प्रयोग गर्न सकिने उनले बताए । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका सूचना अधिकारी माधव पौडेलले गणना गर्दा यसको गहिराइलाई समेटेर गर्नुपर्ने बताए । पछिल्लो समय कृषि प्रणाली र प्रविधिमा व्यापक परिवर्तन हँुदै आएकोले गणनाको समयाअवधि लामो भएकोले छोट्याउँदै लगेमात्र कृषि गणना प्रभावकारी हुने उनको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)