ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

७ करोड लागतमा कार्यालय भवन बनाउँदै पैयुँ गाउँपालिका

२०७७ माघ, १५  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशन तिवारी

पर्वत । पर्वतको पैयुँ गाउँपालिकाले ७ करोड रुपैयाँ लागतमा प्रशासनिक भवन निर्माणको तयारी सुरु गरेको छ । गाउँपालिकाले भवन निर्माण गर्न डीपीआर तयार पारेको हो ।
गाउँपालिकाको वडा नम्बर ४ मा स्थानीयले निःशुल्क रूपमा उपलब्ध गराएको ८ रोपनी जग्गामा सुविधासम्पन्न भवन बनाउन लागिएको हो । गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत नेत्रप्रसाद पौडेलका अनुसार प्रशासनिक भवन बनाउने प्रक्रिया अगाडि बढेको छ ।

प्रशासनिक भवन निर्माणका ७ करोड रुपैयाँ बजेट लाग्ने अनुमानसहित डीपीआर तयार भएको छ । गाउँपालिकाले बनाउने प्रशासनिक भवनमा ३०/३५ वटा रहनेछन् । लिफ्ट तथा र्‍याम्पसहित निर्माण हुने भवनको पर्खालभित्र पर्याप्त पार्किङ र बगैँचासमेत बनाइनेछ ।

गाउँपालिकाको भवनमा न्यायिक समितिको इजलास, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, आर्थिक प्रसासन, स्वास्थ्य, शिक्षा, कृषि, पशु, सहकारी, सामाजिक शाखा, प्रशासनलगायत विषयगत शाखाका अलग–अलग कोठा हुनेछन् ।

हाल गाउँपालिकाको प्रशासनिकसहित अन्य विषयगत शाखाका कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएका छन् । गाउँपालिकाले घर भाडाबापत मासिक ८० हजार रुपैयाँ खर्चिंदै आएको छ ।

गाउँपालिकाले गत वर्ष स्थानीयले उपलब्ध गराएको जग्गा मालपोत कार्यालयमार्फत आफ्नो मातहत ल्याएको थियो । गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले सुविधासम्पन्न र नमुना गाउँपालिकाको भवन बनाउन लागिएको जानकारी दिए ।

गाउँपालिकाको प्रशासनिक भवन बनाउने प्रक्रिया सुरु भएसँगै पालिकाको केन्द्र वडा नम्बर ४ मा रहने पक्कापक्की भएको छ । केन्द्रको विषयमा यहाँ बहस हुँदै आएको थियो । यस्तै, पैयुँ गाउँपालिकाले वडा ४ र ७ को वडा भवन पनि निर्माण गर्दै छ । भवन बनाउन ठेक्का लगाइएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)