ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यातायात व्यवस्था सेवा कार्यालयको राजस्व असुली बढ्यो

२०७७ माघ, १६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । यातायात व्यवस्था सेवा कार्यालय, चितवनको राजस्व संकलनमा वृद्धि भएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा चालू आर्थिक वर्ष सोही अवधिमा कार्यालयको राजस्व २७ दशमलव ४७ प्रतिशतले बढेको हो ।

कार्यालयका अनुसार गत आवको पहिलो ६ महीनामा कार्यालयले २६ करोड ७२ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । चालू आर्थिक वर्षको यसै अवधिमा ३४ करोड ६ लाख २७ हजार रुपैयाँ राजस्व असुली भएको छ ।

कार्यालय प्रमुख सुवास उप्रेतीले सवारीसाधनको संख्या र राजस्वको दर केही मात्रामा बढेकाले पनि राजस्व गतवर्षको तुलनामा बढेको बताए । यस्तै कतिपय सवारीसाधन धनीले समयमै राजस्व नबुझाएकाले जरीवानाबाट समेत राजस्व संकलनमा वृद्धि भएको उनको भनाइ छ ।

सो अवधिमा कार्यालयले असोजमा सबैभन्दा बढी ७ करोड १३ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै भदौमा सबैभन्दा कम २ करोड २४ लाख ४ हजार राजस्व असुली भएको कार्यालयको तथ्यांक छ ।

यसैगरी कार्यालयले साउनमा ६ करोड १७ लाख २४ हजार, कात्तिकमा ५ करोड ९८ लाख ३३ हजार, मङ्सिरमा ६ करोड ३१ लाख २० हजार र पुसमा ६ करोड २२ लाख ४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत आवको असार मसान्तसम्ममा कार्यालयले ४६ करोड ५३ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

कार्यालयले चालू आर्थिक वर्षमा ५५ करोड रुपैयाँ राजस्व संकलन हुने प्रक्षेपण गरेको छ । कार्यालयमा यातायात क्षेत्रको आम्दानी, सवारीसाधन कर, सवारी दस्तुर र प्रशासनिक दण्ड÷जरीवानाबाट राजस्व संकलन हुने गर्दछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)