ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

६ महिनामा १२ सयभन्दा बढी घरेलु उद्योग दर्ता

२०७७ माघ, १६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । आर्थिक वर्ष ०७७/०७८ को ६ महिनामा घरेलु तथा साना उद्योग कार्यालय चितवनमा १ हजार २ सय ३१ वटा घरेलु उद्योग दर्ता भएका छन् । सबैभन्दा बढी ८ सय ९२ वटा कृषि तथा वनजन्य  र सबैभन्दा कम १ सय ९ उत्पादनमूलक उद्योग दर्ता भएका हुन् ।

यसैगरी सेवामूलक उद्योग १ सय १० वटा, पर्यटनमूलक उद्योग १ सय २० वटा दर्ता भएका छन् । यस आवमा कार्यालयमा ऊर्जामूलक उद्योग, खनिजजन्य, निर्माणमूलक र सूचना प्रविधिका उद्योग भने दर्ता भएका छैनन् ।

उद्योग दर्तामा महिला पुरुष बराबर
चालू आर्थिक वर्षमा चितवनको घरेलु तथा साना उद्योग कार्यालयमा महिला र पुरुष उद्यमीले  बराबरी संख्यामा उद्योग दर्ता गराएको पाइएको छ । सो अवधिमा ६ सय ९७ जना पुरुष उद्यमी रहेका छन् भने महिला उद्यमीको संख्या ६ सय ७८ रहेको छ । तर, दर्ता भएका उद्योगमध्ये कृषि तथा वनजन्य उद्योगमा महिला उद्यमीको संख्या बढी छ ।

यस शीर्षकमा ९ सय ६१ उद्योगमा ४ सय ८४ महिला उद्यमी रहेका छन् भने ४ सय ७४ पुरुष उद्यमी छन् । यस्तै, पर्यटनमूलकमा दर्ता भएका उद्योगमध्ये ८५ वटा महिला उद्यमीको नाममा र ४० वटा पुरुष उद्यमीको नाममा दर्ता भएका छन् । सेवामूलक उद्योगमा महिला उद्यमीको संख्या ६०, पुरुषको ६५, उत्पादनमूलकमा महिलाको ४९ वटा, पुरुषको १ सय १३ वटा उद्योग दर्ता भएका छन् ।

अन्य शीर्षकमा उद्योग दर्ता भएको देखिँदैन ।  यी सबै उद्योगमा महिला र पुरुष रोजगारीको संख्या ३ हजार ८ सय ५५ जना रहेका छन् । महिला र पुरुष उद्यमीबाहेक अन्य बाँकी उद्योग प्रालि र साझेदारीमा दर्ता भएका हुन् ।

कार्यालय प्रमुख यादवनाथ आचार्यले बन्दाबन्दी खुलेसँगै उद्योग दर्ता गर्नेको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको बताए । ‘हाल उद्योग दर्ता गर्ने महिला, पुरुष र अन्य स्वरोजगार बन्न चाहने छन्,’ उनले भने, यसमध्ये पनि महिला उद्यमीको संख्या बढ्दै गएको पाएका छौं ।’ सरकारले पुरुषलाई भन्दा महिलालाई बढी प्राथमिकता दिएको र बैंकको ऋण, अनुदानमा सहज पु¥याएकाले महिला उद्यमीको संख्या क्रमशः बढ्दै गएको उनले बताए । यी उद्योगमध्ये पनि कृषि, पशुपालनसम्बन्धी उद्योग महिलाका लागि बढी सहज एवं सरल हुनु र अनुदान पनि सोही अनुपातमा बढी मिल्ने भएकाले यी उद्योगमा महिला आकर्षण बढेको आचार्यको बुझाइ छ ।

१ करोड ८८ लाख राजस्व संकलन
कार्यालयले चालू आवदेखि पुुस मसान्तसम्म उद्योग दर्ता, नवीकरण, ठाउँसारी, नामसारी, पुँजी वृद्धि, लगत कट्टा, प्रतिलिपिलगायत शीर्षकमा गरी १ करोड ८८ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । सबैभन्दा बढी कृषि तथा वन्यजन्य उद्योगमा १ करोड १३ लाख ७० हजार र सबैभन्दा कम पर्यटनमूलक उद्योगबाट १८  लाख ७२ हजार रुपैयाँ राजस्व सकलन गरेको छ । यस्तै, कार्यालयले उत्पादनमूलक उद्योगबाट ३३ लाख ५९ हजार र सेवामूलक उद्योगबाट २२ लाख ६९ हजार रुपैयाँँ राजस्व संकलन गरेको छ । कार्यालयमा हाल ५ लाखदेखि ५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योग दर्ता हुँदै आएका छन् । ५ लाख स्थिर पुँजीभन्दा कम भएका उद्योग स्थानीय तहमा दर्ता हुने गरेका छन् ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)