ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा पहिलोपटक एयर होस्टेजको अध्ययन अध्यापन शुरू हुँदै

२०७७ माघ, १९  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

माघ १९, चितवन । चितवनमा एयर होस्टेजको पढाइ शुरू हुने भएको छ । जिल्लाको भरतपुर महानगरपालिका–१० हाकिम चोकस्थित एजुयर एभिएसन एकेडेमीमा एयर होस्टेज एण्ड हस्पिटालिटी म्यानेजमेन्टको अध्ययन अध्यापन हुने भएको हो । 

फेब्रुअरी पहिलो सातादेखि उक्त विषयको अध्याापन शुरू गरिने संस्थाले जानकारी दिएको छ । विद्यार्थीले स्वदेशमै डिप्लोमा लेभलको कोर्स अध्ययन गर्न सक्नेगरी उक्त शैक्षिक कार्यक्रम शुरू गर्न लागिएको बताइएको छ । यो स्तरको कोर्स सम्भवतः नेपालमै पहिलोपटक सञ्चालन हुने दाबी गरिएको छ । 

संस्थाका प्रबन्ध निर्देशक विशाल चापागाईका अनुसार उक्त कोर्सको अवधि एक वर्षको हुनेछ र ६ महिना कक्षामै प्रयोगात्मक कक्षा र ६ महिना बाहिर अभ्यास गराइनेछ । ‘पहिलो चरणको कक्षाको लागि ३० जना भर्ना भइसके,’ उनले भने, ‘हाम्रो सिट क्षमता १५० जनाको छ । यो वर्ष १०० जना सम्मलाई पढाइनेछ ।’

एकेडेमीले हाल एकवर्षे कोर्सका लागि प्रतिविद्यार्थी २ लाख रुपैयांँ शुल्क तोकेको छ । एयर होष्टेजमा हाल ३० जना महिला विद्यार्थी भर्ना भइसके पनि पुरुष विद्यार्थीले पनि यो कोर्स पढ्न सक्ने उनले बताए । एयर होस्टेज र हस्पिटालिटी क्षेत्र आकर्षक तलब, सेवासुविधा हुने भएको र पछिल्लो समय यो क्षेत्रमा जनशक्तिको समेत उच्च माग भएकोले कक्षा सञ्चालन गर्न लागिएको उनको भनाइ छ । 

यो कोर्स अध्ययनका लागि छात्राका लागि ५ फिट १ इन्च उचाइ र छात्रका लागि ५ फिट ५ इन्च उचाइ हुनुपर्ने र न्यूनतम दश जोड दुई पास गर्नुपर्नेछ । 
हाल एयर क्राफ्ट कम्पनीमा लामोसमयसम्म अनुभव भएका तीनजना दक्ष जनशक्तिबाट अध्ययन अध्यापन गरार्ईने  उनले बताए ।

यस कोर्स पढ्नको लागि यहाँ छिमेकी जिल्ला नवलपरासी, गोरखा, धादिङ, मकवानपुर लगायतका जिल्लाबाट विद्यार्थी आएको चापागाईंले बताए । आगामी दिनमा यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै जाने र स्वदेशमै रोजगारी अभिवृद्धि गर्न शाखा विस्तार गर्दै लैजाने योजना रहेको उनको भनाइ छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)