ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दोलखामा हिमपातपछि होटल व्यवसायी उत्साहित

२०७७ माघ, २७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । दोलखामा शुक्रवार र शनिवार हिमपात भएपछि होटल व्यवसायी उत्साहित भएका छन् । हिमपातपछि आन्तरिक पर्यटक हिउँ खेल्न आउने र व्यवसाय बढ्ने आशाले उनीहरू उत्साहित भएका हुन् ।

जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य कालिञ्चोक कुरीमा आउन होटल बुक हुन थालेको होटल सुनपातीका सञ्चालक हरि ओलीले बताए । दुई दिन हिमपात भएपछि अब आन्तरिक पर्यटक बढेपछि होटल व्यवसाय चलायमान हुने अपेक्षा उले गरे ।

यसैगरी सदरमुकाम चरिकोटस्थित लक्ष्मी होटलका सञ्चालक राजेश उप्रेतीले पनि हिमपातपछि आन्तरिक पर्यटकको आगमनमा बढ्ने आशा गरे । होटल टिपिकलका सञ्चालक कुमार श्रेष्ठले हिउँ परेपछि होटल बुकिङ बढ्न थालेको बताए । शुक्रवार र शनिवार दोलखाका कालिञ्चोक, शैलुङ, च्योर्दौङ लगायत ठाउँमा हिमपात भएको थियो ।

विगत वर्षमा छिट्टै हिमपात हुँदा कालिञ्चोक तथा चरिकोटका होटलमा मानिसको ठूलो भीड बढेर वास नपाउने स्थिति हुने गर्दथ्यो । यो वर्ष हिमपात नहुँदा दोलखामा हिउँ खेल्ने पर्यटकको चहलपहल देखिएको थिएन ।

विगतमा होटल बुक नगरी मानिसहरू दोलखा आउँदा बास पाउन समस्या भएकाले यस वर्ष अग्रिम रूपमा होटल बुक गरेर मात्र आउन चरिकोटका स्थानीयले आग्रह गरेका छन् । विगत वर्षमा बास नपाई अलपत्र परेका आन्तरिक पर्यटकलाई स्थानीय प्रशासन तथा चरिकोटका स्थानीय बासिन्दाले उद्धार गरी घरमा लगेर राखेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)