ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भरतपुर विमानस्थलमा यात्रुको चाप बढेपछि बुद्ध र यती एयरले थपे उडान

२०७७ माघ, २८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

माघ २८, चितवन । भरतपुर विमानस्थलमा यात्रुको चाप बढ्दै गएपछि बुद्ध एयरले बुधबारबाट एउटा उडान थप गरेको छ । भाडादार सस्तो भएसँगै र बुकिङ्ग बढ्दै गएपछि बुद्ध एयरले उडान थप गरेको बताएको छ ।

कोरोना महामारीको प्रभाव कम हुँदै जानु, हवाई उडान सुरक्षित, छिटो र आरामदायी भएका कारण पछिल्लो समय उडानमा आकर्षण बढेको उडान प्रदायकहरुले बताएका छन् । 

हाल भरतपुरका लागि बुद्ध एयरले ५ ओटा उडानबाट थप गरी ६ ओटा पुर्‍याएको छ  भने यती एयरले काठमाडौं -भरतपुर- काठमाडौंका लागि नियमित ३ ओटाबाट थप गरेर ४ ओटा बनाउने तयारी भइरहेको बताएको छ । 

बुद्ध एयरका भरतपुरका प्रबन्धक भक्त बहादुर बस्नेत गत महीनादेखि हवाई यात्रुको संख्या क्रमशः बढ्दै गएको बताउँछन् । ‘यात्रुको संख्या अनेपेक्षित रुपमा बढेको छ’, उनले भने, ‘आजबाट एउटा उडान थप गरिएको हो ।’ हवाई टिकटदर सस्तो हुनुनै यात्रुको चाप बढ्नुको प्रमुख कारण भएको उनले बताए ।

केही वर्षअघिसम्म काठमाडौंको लागि  ४ हजार ७०० रुपियाँसम्म प्रतिव्यक्ति भाडा लाग्ने गर्दथ्यो । तर अहिले यो दर घटेर न्यूनतम २ हजार २०० र अधिकतम ३ हजार ४०० रुपियाँसम्म लाग्ने गरेको  छ ।

यती एयरको भरतपुर शाखाका अनुसार  यतिका उडान पनि यतिखेर सबै  प्याक भएका छन् । भरतपुर शाखाका प्रमुख अनुप ढकाल केही समययता हवाई उडानमा यात्रुहरुको आकर्षण बढेको बताउंँछन् । ‘अहिले हाम्रो फ्लाईटको सबै सिट अकुपाई छ, यात्रुको चाप पनि बढेको छ’, उनले भने, ‘अब हामी पनि छिटै यहांँको लागि उडान थप गर्ने तयारीमा छौं ।’ 

हवाई उडानको भाडादार सस्तो हुँदै गएपछि बसका यात्रुहरु पनि हवाई उडानतर्फ आकर्षित भएको उनको भनाइ छ । ‘अहिले नियमित प्यासेन्जरभन्दा पनि नयांँ यात्रुले गर्दा नयांँ बजार सृजना गर्यो’ ढकालले भने । कोरोनाको कहर कम भएसंँगै मानिसहरुको चहलपहल, बन्द हड्तालजस्ता क्रियाकलाप बढेकोले पनि यात्रुले हवाई उडान रोज्ने थालेको ढकालको भनाइ छ । 

यात्रुहरुले हवाई उडानबाट यात्रा गर्दा बढी सुरक्षित, छिटो र आरामदायी महसुस गर्ने भएकोले हवाईयात्रुको चाप बढेको बताउंँछन्, भरतपुर विमानस्थलका प्रमुख योगेन्द्र कुवँर । कोरोनाको कारण यात्रुहरुमा सचेतना बढेको र विमानस्थलको प्रमुखद्वारदेखि विमानको सिटसम्म स्वास्थ्य सुरक्षा सावधानी अपनाइएकोले पनि हवाई उडानप्रति विश्वास बढेको कुवँरको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)