ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या ८ गुणाले घट्यो 

२०७७ माघ, ३०  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

माघ ३०, चितवन । चितवन राष्ट्रिय निकुञ्ज अवलोकन गर्न आउने पर्यटकको संख्या करीब ८ गुणाले घटेको छ ।

चालू आर्थिक वर्ष २०७७/७८ को ६ महीनाको अवधिमा २५ हजार ४७४ जना पर्यटकले मात्रै निकुञ्जको अवलोकन गरेका छन् । ती मध्ये २४ हजार ६७३ जना नेपाली, ४८५ जना सार्क मुलुकका र ३१६ जना अन्य देशका रहेका छन् । 

गत आर्थिक वर्ष २०७६/७७ मा १ लाख ८२ हजार ४३५ जना पर्यटकले निकुञ्जको अवलोकन गरेका थिए । जसमध्ये  ८९ हजार ४४१ नेपाली, ७८ हजार ७५५ जना अन्य देशका र १४ हजार २३९ जना सार्क राष्ट्रका रहेका थिए ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले कोरोना भाइरसका कारण आन्तरिक तथा बाह्य उडान क्षेत्र बन्द हुनु र सो अवधिमा निकुञ्ज प्रवेशमा समेत रोक लगाईएकोले निकुञ्ज घुम्ने पर्यटकको संख्यामा भारी गिरावट आएको बताए । 

‘लकडाउन, निशेषधाज्ञा पनि भयो उनले भने, निकुञ्ज प्रवेश अनुमति पनि  कात्तिकबाट मात्रै शुरु भयो ।’ हाल आन्तरिक पर्यटकको आगमन ठिकै भएपनि विदेशी पर्यटकको संख्या भने शून्य जस्तै रहेको उनको भनाइ छ । ‘नियमति बाह्य उडान चालू भएपछि र कोरोना भाइरसको भ्याक्सिन शुरु भएसँगै पर्यटकको संख्या पनि बढ्दै जालान ।’ अधिकारीले भने । 

राजस्व संकलनमा समेत असर 
निकुञ्जमा पर्यटकको आगमन कम भएसँगै राजस्व संकलनमा भारी गिरावट  आएको छ । चालू आवको ६ महीनाको अवधिमा १ करोड २१ लाख ३५ हजार ८०८ रुपैयाँ राजस्व संकलन भएको छ । निकुञ्जले पर्यटक प्रवेश शुल्क लगायत अन्य शीर्षकबाट समेत राजस्व संकलन गर्दै आएको छ । 

जसअनुसार पर्यटकबाट ९० लाख ३१ हजार ९८६ रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै गैरकास्ठ पैदावर विक्रीबाट १५ लाख १३ हजार ८३७ रुपैयाँ, दण्ड सजायबाट ९ लाख ९७ हजार ५१५ रुपैयाँ र अन्य पर्यटन गाइड नविकरण, दर्ता शीर्षकबाट ५ लाख ९२ हजार ४७० राजस्व संकलन भएको हो ।

निकुञ्जले अघिल्लो आर्थिक वर्षमा भने १९ करोड ९२ लाख ५५ हजार ६८१ रुपैयाँ राजस्व संकलन गरेको थियो । त्यसमा पर्यटकबाट मात्रै १८ करोड ७३ लाख ८५ हजार ६४ रुपैयाँ संकलन भएको थियो । अन्य रकम विभिन्न शीर्षकबाट संकलन हुने गर्दछ । निकुञ्जमा कुल राजस्व संकलनको ९० प्रतिशतसम्म राजस्व पर्यटकबाट उठ्ने गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)