ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अभियानकर्मी अधिकारी सम्मानित

२०७७ फागुन, ३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

फागुन ३, चितवन । आर्थिक अभियानका चितवन संवाददाता सूर्यप्रसाद अधिकारी सम्मानित भएका छन् । स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यम मार्फत पत्रकारिताको माध्यमबाट समाज रूपान्तरण तथा विकासमा योगदान पु¥याएको भन्दै सोमवार लक्की मिडिया हाउस चितवनको पाँचौं वार्षिकोत्सवको अवसरमा अधिकारीलाई सम्मान गरिएको हो ।

भरतपुरमा आयोजित कार्यक्रममा पत्रकार अधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय  सदस्य गगन थापा, विशिष्ट अतिथि वरिष्ठ कलाकार नीर शाह र लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की लक्कीले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

यस्तै चितवनमा २ दशकदेखि रेडियो पत्रकारितामार्फत भूमिका निर्वाह गर्दै आएका दिनेश श्रेष्ठसहित चिकित्सक, शिक्षाकर्मी, व्यवसायी, समाजसेवी र खेलाडीहरू पनि उक्त अवसरमा सम्मानित भएका थिए । कार्यक्रममा लक्की मिडिया हाउसका महाप्रबन्धक कार्कीले कोरोनाले सम्पूर्ण क्षेत्र अस्तव्यस्त बनाएको बेला पाँचौं वार्षिकोत्सवको अवसरमा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्न पाउँदा आफू उत्साहित भएको बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)